Logo
२७ श्रावण २०७९, शुक्रबार
     Fri Aug 12 2022
E-paper
  English Edition
   Unicode
Logo

लिभरपुलबाट विदाइ हुदैँ कौतिन्होले लेखे यस्तो भावानात्मक चिठी



२५, पुस, एजेन्सी । हालै मात्र किर्तिमानी रकममा लिभरपुलबाट वार्सिलोना अनुबन्धित भएका ब्राजिलियन मिडफिल्डर फिलिपे कौतिन्होले लिभरपुललाई विदाई गर्दै  निकै भावानात्मक लेख लेखेका छन् ।
उनले आफु लिभरपुल आए देखि आफुले लिभरपुलमा धेरै साथी बनाएको तथा मैदान भित्र तथा मैदान बाहिर क्लब तथा पm्यानको निकै माया पाएको बताएका छन् । उनले आफुले लिभरपुल तथा सिंगो क्लबलाई खुसी पार्नको लागि निकै मेहेनत गरेको बताएका छन् । उनीले आफ ु लिभरपुल आएदेखि निकै परिपक्व महसुस गरेको बताएका छन् । यस्तै उनले लिभरपुलको ईतहासबाट प्रभावित भएर लिभरपुल सरुवा भएको उल्लेख गरेका छन् ।
यस्तै उनले आफ्नो सपना पुरा गर्नके लागि वार्सिलोना गएको बताएका छन् । उनले आफ्नो जीवनको ५ वर्ष लिभरपुलाई दिन पाउँदा आफु निकै भाग्यमानी महसुस गरेको समेत बताएका छन् ।
उनले आफ्नो जिवनको नयाँ अनुभव, नयाँ अध्यायको लागि वार्सिलोना रोजेको भन्दै लिभरपुल क्लब तथा समर्थकलाई बुझिदिन् आग्रह समेत गरेका छन् ।
उनले प्रशिक्षक अर्गेन क्लोप तथा पुरा टिमले सिजन भरि सफलता हात पारोस् भन्ने सुभकामना समेत व्यक्त गरेका छन् । उनले आफूलाई सहयोग गर्ने सम्पुर्णप्रति निकै आभारी रहेको उल्लेख गरेका छन् ।
उनले अन्त्यमा सम्पुर्ण क्लबका स्टाफ, सहकर्मी, प्रशिक्षकको सहयोगको कारण मात्रै आफु अर्को स्तरमा पुग्न सकेको भन्दै सबैलाई आफुले सदैव सम्झने समेत बताएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभामा चुनावी तालमेल गरेर जाने सहमति गरेका दलहरुबीच सिट बाँडफाँटमा

काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गरेसँगै मुलुक चुनावी विषयले तात्तिएको छ

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको