back
CTIZAN AD

बुम रेमिट्यान्सद्धारा रेमिट बम्पर उपहार

वि.सं.२०७४ माघ ३ बुधवार

873 

shares

३ माघ, काठमाडौं ।बुम रेमिट्यान्स कम्पनीले संचालन गरेको ‘बुम रेमिट बम्पर उपहार’ लक्की ड्रमार्फत विजेताको नाम घोषणा गरिएको छ ।
बुम रेमिटका अनुसार उक्त लक्की ड्रमार्फत ओमानका कार्यरत रेमिटका रेगुलर ग्राहक लाल प्रसाद भुसालले एलइडी टिभी प्राप्त गरेका छन् । बुम रेमिटले विजेता भुसाललाई बधाई तथा धन्यवाद समेत दिएको छ ।
सो उपहार योजनामा बुम रेमिटमार्फत घर पैसा पठाउने सयौं ग्राहकहरुले टिर्सट, घडी र स्कुल व्याग समेत प्राप्त गरेको बताइएको छ । उपहार बुम रेमिटको विदेशस्थित प्रतिनिधिहरुमार्फत उपलब्ध गराइने बुम रेमिटका प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले जानकारी दिएका छन् । यो योजनामा बुम रेमिट सेवा लिने हजारौं ग्राहक आकर्षित भई निकै सफल भएकोले आगामी दिनमा पनि निरन्तरता दिने उनले जानकारी दिएका छन् ।
बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४ हजार भन्दा बढि प्रतिनीधीहरु छन् । हाल बुम रेमिट्यान्सले खाडिमुलूक तथा हङ्गकङ्गबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडै नै मलेसिया, साउदी अरब, कोरीया, तथा अन्यमुलुकहरुबाट समेत कारोवार सुरु गर्ने जनकारी दिएको छ ।
पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूसँग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ । बुम रेमिटले हुन्डी कारोबारलाई निरुत्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको जानकारी पन्तले दिएका छन् ।
आन्तरिक संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै जाने बताएको छ ।

वि.सं.२०७४ माघ ३ बुधवार ०५:०७ मा प्रकाशित

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८...

महालक्ष्मी विकास बैंकद्धारा दिगो बैकिङ्ग प्रबद्र्धनको लागि पदयात्रा

महालक्ष्मी विकास बैंकद्धारा दिगो बैकिङ्ग प्रबद्र्धनको लागि पदयात्रा

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

काठमाडौँ । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...