back
CTIZAN AD

अशक्त किशोरी न्यानोको खोजीमा भौँतारिँदै

वि.सं.२०७४ माघ ४ बिहीवार

846 

shares

४ माघ, महोत्तरी । घरको आर्थिक अवस्था अत्यन्त दयनीय रहेकी गौशाला नगरपालिका–१० की १३ वर्षीया आसामा खातुन न्यानोको खोजीमा भौँतारिँदै आएकी छन् ।

शारीरिकरुपले अपाङ्ग रहेकी आसामा जसोतसो बाटोको पेटीमा ज्यान जोगाउन आगो बालेको स्थानमा देखा पर्छिन् । आर्थिक अवस्था अत्यन्तै दयनीय रहेकाले पातलो मैलो कपडा लगाएर एक महिनादेखि जारी रहेको बाक्लो हुस्सु र शीतलहरले प्रभावित रहेको समयमा आसामा काम्दै सडकको पेटीमा आउँछिन् ।

शारीरिकरुपले अपाङ्ग मुस्लिम किशोरी आसामा सरकारी सुविधाबाट वञ्चित छिन् । जन्मजात अपाङ्ग रहेकी आसामाको परिवारजनले अहिलेसम्म अपाङ्ग परिचयपत्र बनाउन सकेको छैन ।

गाउँमा सिंहदरबार ल्याउने सपना देखाएर भोट लिएर गएका जनप्रतिनिधिहरुले अहिलेसम्म पनि अपाङ्ग परिचयपत्र बनाउनका लागि सहयोग नगरेको आसामाकी आमाले गुनासो गरिन् । जलेश्वरमा लगेर अपाङ्ग परिचयपत्र बनाएर ल्याउने भनेर स्थानीयतहमा कार्यरत कर्मचारीहरुले टार्दै आएको तर सो सम्भव नभएको उनकी आमाले बताइन् ।

यस सम्बन्धमा गौशाला नगरपालिका–१० का वडाध्यक्ष शेष मोहम्मद जलिलले आफूले वर्तमान समयमा आसामा जस्ता अपाङ्गको हकहितमा सोचेर पनि गर्न नसकेको स्वीकार गर्नुभयो ।

एकसय दिनको अवधिमा कार्यालय व्यवस्थापन हुन नसकेका कारण राहत वितरणमा ढिलो भएको वडाध्यक्ष जलिलले बताउनुभयो । गाउँमै सिंहदरबार ल्याउने सपना देखाएर चुनाव जितेका नेता तथा कार्यकर्ताको समयमा ध्यान जान नसक्दा यस क्षेत्रका हजारौँ गरिब, दलित एवम् अपाङ्गहरु राहतको पर्खाइमा रहेका छन् ।

वि.सं.२०७४ माघ ४ बिहीवार ०४:५३ मा प्रकाशित

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...