back
CTIZAN AD

पार्टीलाई मजबुत बनाउन काँग्रेस जिल्ला सभापतिको छलफल

वि.सं.२०७४ माघ ५ शुक्रवार

873 

shares

५ माघ,भक्तपुर (रासस) : देशभर नेपाली काँग्रेस पार्टीलाई मजबुत बनाउनका लागि काँग्रेस पार्टी जिल्ला सभापतिले छलफल शुरु गरेका छन् । स्थानीय वाग्मती क्लबमा प्रदेश नं ३ का काँग्रेसका जिल्ला सभापतिले यसबारे छलफल शुरु गरेका हुन् । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसकेका अवस्थामा निर्वाचनको समीक्षा गर्दै पार्टीलाई कसरी मजबुत बनाउने भन्नेबारेमा जिल्ला सभापतिबीच छलफल भएको काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिए।

उनले भने, “ हालै सम्पन्न तीन वटै तहको निर्वाचनको समीक्षा गर्दै निर्वाचनमा पार्टीको कहाँ कहाँ के कमजोरी भए, कमजोरीलाई कसरी सुधार्दै लैजाने, संगठन र पार्टीलाई कसरी बलियो तथा मजबुत बनाउने भन्नेबारेमा छलफल भएको हो ।”

जिल्ला सभापति वा पार्टीका कुनै गुट वा उपगुटको भेला नभई पार्टीलाई बलियो बनाउनेबारे जिल्ला सभापतिको छलफल भएको उनको भनाइ थियो । छलफलमा सभापतिहरु भक्तपुरका दुर्लभ थापा, काठमाडौँका सबुज बानियाँ, रसुवाका पेम्बा छिरिङ, मकवानपुरका इन्द्र बानियाँ, सिन्धुलीका उज्ज्वल बराल, रामेछापका लवश्री न्यौपाने, दोलखाका रुद्रबहादुर खड्का, सिन्धुपाल्चोकका विकास लामा, नुवाकोटका जगदीशनरसिंह केसी र काभ्रेपलाञ्चोकका मधु आचार्यको सहभागिता थियो ।

ललितपुरका सभापति क्यानडामा रहेको तथा चितवन र खोटाङका जिल्ला सभापति भने व्यस्तताका कारण छलफलमा सहभागी नभएको बताइएको छ । यही माघ ७ गते खोटाङ हलेसी महादेवको दर्शन गर्दै देशभरका सम्भव भएसम्मका काँग्रेस जिल्ला सभापतिहरु सहभागी भएर पार्टीलाई मजबुत बनाएर लैजानेबारेमा हलेसीमा छलफल हुने र यस्ता छलफललाई निरन्तरता दिनेबारे जिल्ला सभापतिबीच सहमति भएको भक्तपुर सभापति थापाले जानकारी दिए ।

वि.सं.२०७४ माघ ५ शुक्रवार १३:३९ मा प्रकाशित

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा । कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा...

आधा दर्जन पुल अलपत्र

आधा दर्जन पुल अलपत्र

चन्द्रपुर (रौतहट) । रौतहट निर्वाचन क्षेत्र नं ३ मा बन्ने...

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर । सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक...