back
CTIZAN AD

एक महिनापछि मात्र साञ्जेन र रसुवागढीको साधारण शेयर

वि.सं.२०७४ माघ ५ शुक्रवार

723 

shares

५ माघ, काठमाडौँ  ।   कम्पनी रजिस्ट्रार कार्यालयमा कागजात बुझाउन र अद्यावधिक गर्न थप समय लागेका कारण साञ्जेन जलविद्युत् कम्पनी र रसुवागढी जलविद्युत् कम्पनीको साधारण शेयर (आइपिओ) बिक्री गर्ने समय एक महिना पर धकेलिएको छ ।

कम्पनीको सम्पूर्ण आर्थिक विवरण र शेयर संरचनाका बारेमा कम्पनी रजिष्टार कार्यालयलाई जानकारी गराउनुपर्ने प्रावधान रहेको र सोही प्रावधान पु¥याउन केही समय लागेका कारण बिक्रीको समय सरेको हो ।

शेयर जारी गर्नु पहिले सम्बन्धित कम्पनीले आह्वानपत्रसमेत जारी गर्नुपर्ने हुन्छ । ती सबै व्यवस्था गर्नका लागि थप समय लाग्ने भएकाले साधारण शेयर जारी गर्नका लागि थप केही समय आवश्यक पर्ने देखिएको ती जलविद्युत् कम्पनीले जनाएका छन् ।

रसुवागढी हाइड्रोपावर लिमिटेडका प्रमुख माधव कोइरालाका अनुसार कम्पनी रजिस्ट्रार कार्यालयलाई केही कागजात बुझाइएको र केही कागजात बुझाउन बाँकी रहेको जानकारी दिनुभयो ।

“हामीले पछि मात्रै बोर्डबाट अनुमति पाएका हौँ, कम्पनी रजिस्ट्रार र बोर्डले थप केही कागजात मागेको छ, त्यो हामी बुझाउँदै छौँ”, प्रमुख कोइरालाले भन्नुभयो ।

कम्पनीले केही दिन पहिले वार्षिक साधारणसभासमेत सम्पन्न गरिसकेको छ । नेपाल धितोपत्र बोर्डले दिएको निर्देशनका आधारमा आवश्यक कागजात बुझाइएको र केही भने बाँकी रहेको र ती कागजातसमेत बुझाइने बताउनुभयो ।

उहाँले भन्नुभयो, “साधारणसभाबाट आइपिओ जारी गर्ने प्रस्ताव पारित गरिएको छ, धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रार कार्यालयलाई आवश्यक कागजात बुझाइएको छ, केही बुझाउन बाँकी छ ।” उहाँले आगामी फागुनको पहिलो साता आइपिओ जारी हुने बताउनुभयो ।

यस्तै नियमानुसार आइपिओ जारी गर्नु भन्दा २१ दिन पहिले आह्वानपत्र सार्वजनिक गर्नुपर्ने भएकाले त्यसलाई समेत व्यवस्थापन गर्न समय लागेको हो ।

रसुवागढी हाइड्रोको साधारण शेयर निष्काशनको बिक्री प्रबन्धकमा यसअघि नै ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । यस्तै सहायक बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड, सिद्धार्थ क्यापिटल लिमिटेड र एनआइबिएल क्यापिटल लिमिटेड रहेका छन् ।

रसुवागढीले रु एक अर्ब ६४ करोड २१ लाख चार हजार बराबरको एक करोड ६४ लाख २१ हजार कित्ता सीमित आइपिओ जारी गर्न लागेको छ ।

रसुवागढीले पहिलो चरणको साधारण शेयर निष्काशन गरेपछि दोस्रो चरणमा आयोजना प्रभावित रसुवावासीलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत गरी झण्डै रु एक अर्ब ७५ करोड बराबरको साधारण शेयर बिक्री गर्नेछ ।

कम्पनीको लगानी संरचनाअनुसार ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । रसुवागढीले कूल १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना रसुवा जिल्लामा निर्माण गरिरहेको छ । आयोजनाको काम करिब ६० प्रतिशत सम्पन्न भएको आयोजना प्रमुख कोइरालाले जानकारी दिनुभयो ।

गोरखा भूकम्प र नाकामा भएको अवरोधका कारण केही समय समस्यामा परेको आयोजनाले पछिल्लो दिनमा निर्माण कार्यले गति लिएको छ । आयोजना प्रमुख कोइरालाले हाल सुरुङ खन्ने, बाँधलगायत अन्य पूर्वाधार निर्माणको काम युद्धस्तरमा भइरहेको जानकारी दिनुभयो ।

कूल चार हजार १८५ मिटर लामो सुरुङमध्ये दुई हजार ६०० मिटर निर्माण सकिएको र बाँकी रहेको सुरुङ खन्ने काम आगामी चार महिनाभित्र सम्पन्न हुने पनि उहाँको भनाइ छ ।

कूल रु १३ अर्ब ६८ करोड लागत अनुमान गरिएको उक्त आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३, नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीय बासिन्दालाई १०, लगानीकर्ता कर्मचारी सञ्चय कोषका कर्मचारी तथा विद्युत् प्राधिकरण र कम्पनीका कर्मचारीको गरी ३ दशमलव ५ प्रतिशत एवं सञ्चयकर्ताको १९ दशमलव ५ प्रतिशत लगानी रहनेछ ।

यसअघि बोर्डले साञ्जेन जलविद्युत् कम्पनीलाई रु दुई अर्ब ७३ करोड ७५ लाख बराबरको साधारण शेयर जारी गर्ने अनुमति दिइसकेको छ । सो कम्पनीका प्रमुख किरण श्रेष्ठले कम्पनीको आह्वानपत्र र कम्पनीको संरचनाका बारेमा कम्पनी रजिस्ट्रार कार्यालयलाई जानकारी गराउन समय लागेका कारण साधारण शेयर जारी गर्न केही थप समय लागेको बताउनुभयो । यस्तै साञ्जेनको नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ ।

दुवै कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड र रसुवा जिल्लाका स्थानीय निकायका कर्मचारीलाई रु दुई अर्ब ५१ करोड ८१ लाख बराबरको दुई करोड ५१ लाख ८१ हजार कित्ता आइपिओ बिक्री गर्ने तयारी गरेको छ ।

साञ्जेनले रु ८७ करोड ६० लाख बराबरको ८७ लाख ६० हजार कित्ता आइपिओ निष्कासन गर्ने भएका छन् । धितोपत्र बोर्डले साञ्जेनलाई गत मंसिर २६ गते र रसुवागढीलाई पुस २० गते निष्कासन गर्न अनुमति दिएको थियो ।

साञ्जेनले ५७ मेगावाट क्षमताको तल्लो र माथिल्लो साञ्जेन गरी दुई आयोजना निर्माण गरिरहेको छ । आयोजनाको लागत रु सात अर्ब बढी रहेको छ ।

माथिल्लो साञ्जेनको काम करिब ७० प्रतिशत सकिएको छ भने तल्लो साञ्जेन ५५ प्रतिशत निर्माण सकिएको छ । दुवै कम्पनीले स्थानीय प्रभावितलाई १० प्रतिशत र आमनेपाली सर्वसाधारणलाई १५ प्रतिशत साधारण शेयर जारी गर्नेछ ।

वि.सं.२०७४ माघ ५ शुक्रवार १०:५१ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

काठमाडौं । प्रोग्रेसन होल्डिङ्स लिमिटेड (साबिक प्रोग्रेसन प्रोजेक्ट्स लिमिटेड) ले आफ्नो...

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

काठमाडौं  । प्रभु बैंक लिमिटेड ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत...