back
CTIZAN AD

भाइरल पत्ता लगाउन नमूना संकलन, ४५८ जनाको उपचार गरियो

वि.सं.२०७४ माघ ६ शनिवार

897 

shares

६ माघ, सल्लेरी,सोलुखुम्बु । महाकुलुङ गाउँपालिका वडा नं २ का भाइरल प्रभावित ४५८ जनाको उपचार गरिएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र सोताङका डा सन्डु शेर्पासहितको टोलीले आइतबारदेखि शुक्रबारसम्म गरी ४५८ जनाको उपचार गरेको हो । जिल्ला स्वास्थ्य कार्यालयबाट प्रभावित क्षेत्रमा पुगेको ¥यापिड रेसपोन्स टिमका सम्पर्क व्यक्ति स्वास्थ्य सहायक कुमार केसीले बिरामीको अवस्था सुधारोन्मुख रहेको जानकारी दिए । अहिले घरघरमा पुगेर बिरामीको अवस्था बुझ्ने काम भइरहेको छ ।
शुरुमा बालबालिका बढी प्रभावित भएको भाइरलबाट अहिले अभिभावक बढी प्रभावित बनेका छन् । नब्बे प्रतिशत अभिभावक प्रभावित बनेको पाइएको स्वास्थ्य सहायक केसीले बताए । उनले भने, “सबै बिरामीमा देखिएको लक्षणका आधारमा उपचार भइरहेको छ ।” उक्त गाउँमा हरेक घरमा सुँगुर र कुखुरापालन हुने गरेको र केही दिनअघि सुँगर र कुखुरा बिरामी भएर मरेकाले त्यसबाट स्वाइनफ्लुको भाइरस फैलिएको आशंका गरिएको हो । बिरामीमा उच्च ज्वरो आउने, खोकी लाग्ने, झाडाबान्ता हुने र टाउको दुख्ने लक्षण देखिएको छ । पूरै टोलमा भाइरल फैलिएपछि स्थानीय नागरिकमा त्रास उत्पन्न भएको छ ।

पेल्माङमा फैलिएको भाइरल पत्ता लगाउन शुक्रबार नै नमूना संकलन गरिएको छ । आज नै काठमाडौँ पु¥याएर प्रयोगशाला जाँच गरेपछि भाइरसबारे पत्ता लाग्ने र स्वायनफ्लु भए÷नभएकोबारे यकीन गर्न सकिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा मिङ्मारछिरिङ शेर्पाले जानकारी दिए ।

मंगलबारदेखि शुक्रबारसम्मका लागि बन्द पेल्माङ आधारभूत विद्यालय आइतबारदेखि सञ्चालन गर्ने\नगर्ने भन्ने विषयमा विद्यालय व्यवस्थापन समितिको बैठक बसेर निर्णय गरिने विद्यालयका प्रअ टंकबहादुर दाहालले बताए । उनले भन्नुभयो, “गाउँमा भाइरल प्रकोप फैलिएपछि विद्यार्थीको पढाइमा असर पुगेकाले कसरी अतिरिक्त कक्षा सञ्चालन गर्न सकिन्छ भन्नेबारे छलफल गरेर निष्कर्षमा पुग्नेछौँ ।”

महाकुलुङमा फैलिएको भाइरलका कारण यसअघि नै दुई जनाको मृत्यु भइसकेको छ । अहिले भाइरलको प्रकोप सामान्य रुपमा नियन्त्रण हँुदै गएकाले नआत्तिन चिकित्सकले आग्रह गरेका छन् ।

वि.सं.२०७४ माघ ६ शनिवार ०३:३२ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...