back
CTIZAN AD

पर्यटन बोर्डमा तीन सदस्य नियुक्त

वि.सं.२०७४ माघ ६ शनिवार

909 

shares

काठमाडौँ, ६ माघ  । सरकारले नेपाल पर्यटन बोर्डको सञ्चालक समिति सदस्यमा तीनजना सदस्य नियुक्त गरेको छ ।

सार्वजनिक तथा निजी साझेदारी संस्था बोर्डमा निजी क्षेत्रबाट आगामी तीन वर्षका लागि सदस्य नियुक्ति गरिएको हो ।

नवनियुक्त सदस्यमा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ (टान) का पूर्व अध्यक्ष दीपक महत, पर्यटन विकास समाज कैलालीका अध्यक्ष कृष्णबहादुर महरा र अवदेशकुमार यादव छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार रिक्त तीन सदस्य नियुक्त गरेको नवनियुक्त सदस्य दीपक महतले जानकारी दिए ।

बोर्डका जम्मा ११ सञ्चालक समिति सदस्यमध्ये निजी क्षेत्रबाट पाँचजनाको प्रतिनिधित्व रहन्छ । सरकारीतर्फबाट पर्यटन मन्त्रालयका सचिव बोर्ड अध्यक्ष र पर्यटन मन्त्रालय मातहतका विभिन्न विभागबाट सहसचिवस्तरका (महानिर्देशक) चारजना र बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सदस्य–सचिव रहने व्यवस्था छ । पछिल्लो समय बोर्ड सदस्य नियुक्ति विषयमा विवाद बढेको थियो ।

बोर्ड सदस्य नियुक्तिका लागि सिफारिस गर्न पर्यटन मन्त्रालयले सहसचिव डण्डुराज घिमिरेको संयोजकत्वमा नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङ्छिरिङ शेर्पा र टानका वरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी रहेको तीन सदस्यीय सिफारिस समिति गठन भएको थियो ।

वि.सं.२०७४ माघ ६ शनिवार १३:४२ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...