back
CTIZAN AD

पुरुषलाई पनि हुन्छ ब्रेस्ट क्यान्सर

वि.सं.२०७४ माघ ८ सोमवार

843 

shares

धेरै मानिसहरुको सोचाई हुन्छ की महिलालाई मात्र हुन्छ बे्रस्ट क्यान्सर । तर, पुरुषहरु पनि ब्रेस्ट क्यान्सरबाट पीडित हुन्छन् । स्वस्थ्यविज्ञका अनुसार महिलामा बढी मात्रामा देखिने ब्रेस्ट क्यान्सर पुरुषहरुमा थोरैमात्रामा देखिन्छ । तर, पुरुषहरुमा हुने ब्रेस्ट क्यान्सर महिलामा हुने भन्दा खतरा हुन्छ । यसको सहि समयमा पहिचान गर्न नसकेमा यसले ज्यानैसमेत लिने बताइन्छ् ।
उमेर बढ्दा जाँदा पुरुषमा क्यान्सरको सम्भावना हुन्छ । ६० वर्ष भन्दा माथिका पुरुषमा ब्रेस्ट हुने खतरा बढ्छ । साथै परिवारका अन्य सदस्यमा ब्लड क्यान्सर छ भने क्यान्सर हुने २० प्रतिशत सम्भावना रहन्छ ।
त्यस्तै धेरै मादक पदार्थ सेवन गर्ने पुरुषमा पनि क्यान्सर हुने सम्भावना बढी हुन्छ । उनीहरुको पेटमा समस्या हुनुका कारण पनि खतरा बढ्छ ।

ब्रेस्ट क्यान्सरको संकेत
पुरुषहरुमा ब्रेस्ट क्यान्सरको संकेत महिलाको जस्तै हुन्छ । तर, उनीहरुमा सुरुवातमा ब्रेस्टमा गाँठो या दुखाई नभैकन पनि ब्रेस्टक्यान्सर हुने खतरा हुन्छ । त्यसैले यी कुरामा ख्याल गर्न जरुरी हुन्छ ।
ब्रेस्टको निप्पलमा चिलाउने र उपचार गर्दापनि लामो समयसम्म निको नहुनु ।
निप्पलको वरिपरी वा तलमाथि कडापन महसुस हुनु । दवाव दिदा दुख्नु । निप्पलको वरिपरी घाउँ देखिनु ।

निप्पल या त्यसको नजिकमा छालाबाट रगत आउनु या दुखिरहनु । निप्पलको वरिपरी गाठो भएको महसुस गर्नु । पटक–पटक गाठो फुटेर घाउ बन्नु ।

ब्रेस्ट क्यान्सर रोक्ने यी घरेलु तत्वहरु
ब्रेस्ट क्यान्सर रोक्नका लागि ओखरमा पाइने पोषकतत्व पाइन्छ । यसले शरिर सुन्निने र ब्रेस्टमा ट्युमर बन्न रोक्ने काम गर्छ । यदि तपाई विहाँनको नास्तामा ओखर, बदाम तथा काजु समावेश गरेमा यसले शरिरलाई फाइदा गर्दछ ।
ब्रेस्ट क्यान्सर रोक्नका लागि हाम्रो भान्सामा पाइने बेसार पनि अति उपयुक्त हुन्छ । बेसारमा एन्टी अक्सिडेन्ट पाइन्छ । यसले ब्रेस्ट क्यान्सर हुनबाट रोक्छ । त्यसकारण खानामा थोरै भएपनि बेसार हुनु जरुरी छ ।
नियमीत टमाटर सेवनले पनि क्यान्सरको खतराबाट जोगाउँछ । यसले ब्रेस्ट क्यान्सर बनाउने कोशिकालाई बढ्न दिदैन् । हरेक दिन एक गीलास टमाटरको जुश पिउँनु क्यान्सर रोक्न सहयोगी हुन्छ ।
पालकको सेवनले पनि ब्रेस्ट क्यान्सर रोक्न मदत गर्दछ । एक रिर्सचका अनुसार पालकको नियमित सेवनले ब्रेस्ट क्यान्सर हुने सम्भावना ४० प्रतिशत कम हुन्छ । पालकमा पाइने फोलिड एसिड र एन्टीअक्सिडेन्ट पाइन्छ । जसले क्यान्सर बनाउने हार्मोनसँग लड्न सहयोग गर्छ ।
सेलमन माछाको सेवनले पनि ब्रेस्ट क्यान्सर हुनबाट बचाउँछ । सेलमनमा पाइने केही पोषकतत्व वी ६ र भिटामिन डीले क्यान्सर हुन बाट रोक्छ ।
ब्रोकाउलीको नियमित सेवनले पनि क्यान्सर हुनबाट बचाउने स्वास्थ्य विज्ञहरु बताउँछन् ।

वि.सं.२०७४ माघ ८ सोमवार ०५:५६ मा प्रकाशित

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...