back

अब टाढाबाट फोन गर्दा पनि नजिकै रहेको आभाष हुन्छ

वि.सं.२०७४ माघ ८ सोमवार

213 

shares
NTC AD
Global IME AD

 

अहिलेको विश्वमा एक देशको मानिसलाई अर्कोदेशमा रहेको मानिससँग जोड्नका लागि सामाजिक संजालले मुख्य भूमिका खेलेका छन् । अझै अमेरिकामा रहेको छोरा या छोरीको विहेमा बाबुआमा  शारीरिकरुपमा उपस्थित हुन नसकेपनि प्रविधका माध्यमबाट छोराको निधारमा टिका लगाइदिन सक्ने अवस्था आइसकेको छ । स्काइप, फेसबुक मेसेन्जर, इमो, वी च्याट ह्वाटसप लगायतका सामाजिक संजालले एकअर्कोसँग आँखा जुधाएर कुरा गर्न मिल्ने बनाइदिएका छन् ।

तर प्रविधिको चरम विकास गर्दै गएको बैज्ञानिकहरुको समाज भने यतिमा मात्र सिमित नरहेर नयाँ आविस्कारमा लागिरहेका छन् ।  यस्तैमा जर्मनीका बैज्ञानिकहरुले अब मानिसले टाढा रहेको मानिसँग  फोनबाट कुरा गर्दैपनि नजिकै रहेको महसुस हुने प्रविधिको विकासमा लागिरहेको छ । उनीहरु थ्रीडी भर्चुअल रियल्टीको माध्यमबाट ठूलो परिवर्तन गर्ने तयारीमा लागेका छन् ।

जर्मनको वाइमारस्थित बाउहाउस युनिभर्सिटीका रिसर्चरहरुले एउटा नयाँ  नयाँ प्रकारको संचार सिस्टममा काम गरिरहेका छन् ।  उनीहरु यसको सहयोगले टाढा रहेर कुरा गर्ने मानिसहरु सँगै बसेर कुरा गरेको महसुस गर्न सक्नेछन् । उनीहरु बेडमा, घुम्न जाँदा, बाटोमा हिड्दा या कतै टाढा जाँदा फोनमार्फत कुरा गर्दा सँगै रहेको महसुस गर्न सक्नेछन् ।

यस्तो प्रविधिको सहयोगमा  दुईभन्दा बढी मानिसहरु एउटै समयमा  थ्रीडी तरिकाबाट एकअर्कासँग कुरा गर्न पनि सकिन्छ ।  यसको लागि  कुरा गर्ने मानिसहरु  भर्चुअल कोठामा  जानु पर्ने हुन्छ ।  एक विशेष चस्माको मदतले  उनीहरु एकअर्काको प्रोजेक्सन देख्न पाउनेछन् ।

 

वि.सं.२०७४ माघ ८ सोमवार ०६:२६ मा प्रकाशित

NLIC AD
NABIL bank AD