back
CTIZAN AD

प्रदेश नं ६ मा १२ को उम्मेदवारी, हेलिकोप्टर नउडेपछि वारेसमार्फत उम्मेदवारी दर्ता

वि.सं.२०७४ माघ १० बुधवार

933 

shares

 

सुर्खेत, १० माघ (रासस) । राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नं ६ बाट १२ जनाको उम्मेदवारी परेको छ । यस प्रदेशबाट राष्ट्रियसभाका लागि आठ सदस्य निर्वाचित हुनेछन् । राष्ट्रियसभा सदस्यका लागि नेपाली काँग्रेसबाट चार, नेकपा (एमाले)बाट पाँच र माओवादी केन्द्रबाट तीन जनाको उम्मेदवारी परेको छ ।

मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलका अनुसार दलित सदस्यतर्फ दुई, महिला सदस्यतर्फ चार, अपाङ्ग/अल्पसंख्यकतर्फ दुई र अन्यमा चार जनाको उम्मेदवारी परेको छ ।

काँग्रेसबाट दलिततर्फ सल्यानका ७० वर्षीय मित्रलाल सार्की, महिलातर्फ मुगुकी सूर्यदेवी मल्ल, खुल्लातर्फ कालीकोटका ७२ वर्षीय विष्णुबहादुर शाही र अपाङ्गतर्फ पश्चिम रुकुमका ६८ वर्षीय गोपालप्रसाद शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

एमालेबाट दलिततर्फ कालीकोटका ५५ वर्षीय नरपति लुवार, हुम्लाकी कविता बोगटी र सुर्खेतकी नन्दा चपाई, खुल्लातर्फ जाजरकोटका भैरवसुन्दर श्रेष्ठ र पश्चिम रुकुमका ठगेन्द्रप्रकाश पुरीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै माओवादी केन्द्रबाट महिलातर्फ मुगुकी युटुन तामाङ, खुल्लातर्फ जाजरकोटका कालीबहादुर मल्ल र अपाङ्ग/अल्पसंख्यकमा कालीकोटका जीवन बुढाले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रियसभामा ६ नं प्रदेशबाट महिला तीन, अपाङ्ग÷अल्पसंख्यक एक, दलितबाट एक र अन्यबाट तीन जना निर्वाचित हुनेछन् ।

वारेसमार्फत उम्मेदवारी दर्ता 
माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्यमा सिफारिश भएकी मुगुकी तामाङले हेलिकोप्टर नपाउँदा वारेसमार्फत उम्मेदवारी दिएकी छन् ।

खराब मौसमका कारण हेलिकोप्टर नउडेपछि उहाँले वारेसमार्फत उम्मेदवारी दर्ता गराएकी हुन् । तामाङले माओवादी केन्द्रका केन्द्रीय सदस्य मुगुका कालीबहादुर रावललाई वारेस राखेर उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमाले र माओवादी केन्द्रले भागबण्डाका आधारमा उम्मेदवारी दर्ता गराएका हुन् । केन्द्रको सहमतिअनुसार एमालेले पाँच र माओवादी केन्द्रले तीन उम्मेदवारलाई मैदानमा उतारेको छ ।

यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश नं ६ का नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रदेशसभाका सदस्य गरी १९८ मतदाता रहेका छन् ।

वि.सं.२०७४ माघ १० बुधवार १४:५८ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...