back
CTIZAN AD

नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाइने

वि.सं.२०७४ माघ ११ बिहीवार

756 

shares

११ माघ, नेपालगन्ज (रासस) । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँके जिल्लाको ऐतिहासिक भूमिकालाई कुनै पनि हालतमा ओझेलमा पर्न नदिइने बताए ।

यहाँ आजदेखि शुरु भएको प्रादेशिक महोत्सवको उद्घाटन गर्दै उनले प्रदेशको राजधानी जहाँ भए पनि प्रदेशअन्तर्गतका सबै जिल्लाको विकासको गति रोकिन नदिनेतर्पm सोच्नुपर्ने बताए।
पूर्वप्रधानमन्त्री दाहालले नेपालगन्जबाट मानसरोवर जाने तीर्थयात्री एवं पर्यटकको सङ्ख्या ह्वात्तै बढेकाले नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल बनाउन आफूले सक्दो पहल गर्ने विश्वास दिलाए ।

महोत्सव उद्घाटन समारोहमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यद्वय नन्दलाल रोकाय र इस्तियाक राई लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

त्यस अवसरमा अध्यक्ष दाहाललाई प्रदेश नं ५को राजधानी बाँके हुनुपर्ने मागसहितको ज्ञापनपत्र बुझाइएको थियो । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा यही माघ २२ गतेसम्म चल्ने महोत्सवमा स्वदेशी र विदेशी कम्पनीका ३१६ कक्ष राखिएका छन् । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति पनि रहनेछ । महोत्सव उद्घाटनअघि झाँकीसमेत प्रदर्शन गरिएको थियो ।

वि.सं.२०७४ माघ ११ बिहीवार १५:५२ मा प्रकाशित

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्र दोस्रो बजारमा भएको...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...