back
CTIZAN AD

समाजवादी लेखक सङ्घमा भण्डारी

वि.सं.२०७४ माघ ११ बिहीवार

828 

shares

 

११ माघ, काठमाडौँ । बदलिएको नेपाली समाजको चरित्र र आवश्यकतालाई ध्यानमा राखी समाजवादी साहित्य–कलाको उन्नयन गर्ने उद्देश्यका साथ समाजवादी लेखक सङ्घ नेपाल गठन भएको छ ।

लेखकहरुको भेलाले सङ्घ गठन गरी सामूहिक नेतृत्वका आधारमा सञ्चालन हुने गरी समिति निर्माण गरेको सङ्घले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । समितिमा विष्णु भण्डारी, शकुन्तला जोशी, कला अनुरागी, शैलज पौडेल, केदार श्रेष्ठ, छम गुरुङ र कृष्णकिसु न्यौपाने छन् ।
भेलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्र स्थापना भएको छ भने नेपाली समाज सामन्तवादबाट पुँजीवादमा रूपान्तरण भएको छ । अबको गन्तव्य समाजवाद हो ।”
हजारौँ जनताको शहादतपछि सत्तामा पुगेको कम्युनिष्ट पार्टीको नेतृत्वसमेत समाजवादी सपनाबारे दिग्भ्रमित र दिशाहीन भएको निक्र्योलमा पुगेको सङ्घले उपभोक्तावादी संस्कृति मौलाउँदै जानु तथा स्वदेशी पूँजी र अर्थतन्त्रको ठाउँमा दलाल पूँजीलाई निर्धक्क प्रवेश र प्रश्रय दिइनुलाई चिन्ताको बिषय मानेको छ ।
दलाल पूँजीवाद र साम्राज्यवादसँग सङ्घर्ष गर्दै वैज्ञानिक समाजवादको दिशामा अघि बढ्नका लागि आन्दोलनको उठान र विकासमा प्रतिबद्ध हुँदै माक्र्सवादी विश्वदृष्टिकोणमा आधारित समाजवादी साहित्य–कलाको उन्नयन गर्ने उद्देश्यका साथ सङ्घ स्थापना गरिएको जनाइएको छ ।

वि.सं.२०७४ माघ ११ बिहीवार १५:३२ मा प्रकाशित

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्र दोस्रो बजारमा भएको...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...