back
CTIZAN AD

मानव बेचबिखन बढ्दै

वि.सं.२०७४ माघ ११ बिहीवार

978 

shares

११ माघ, काठमाडौँ । वैदेशिक रोजगारका नाममा मानव बेचबिखन बढ्दै गएको प्रति सचेत हुनुपर्ने सम्बन्धित क्षेत्रका व्यक्तिले जोड दिएका छन् ।

जोन्ता इन्टरनेशनल, महिला विकास कानून मञ्च र युएन वुमनलगायत संस्थाले आज आयोजना गरेको ‘मावन बेचबिखन र वैदेशिक रोजगार’ विषयको अन्तरक्रियामा मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले ‘मानव बेचबिखन तथा वैदेशिक रोजगारीबीच अन्तरसम्बन्ध’ विषयको कार्यपत्र प्रस्तुत गर्दै वैदेशिक रोजगारसम्बन्धी ऐनकानून कार्यान्वयनमा कडाइ गर्नुपर्ने, वैदेशिक रोजगारीमा वैधानिक बाटो अपनाएर मात्र जानुपर्ने र वैदेशिक रोजगारीमा पठाउनेले झुक्याएको पाइएमा त्यसविरुद्ध कारवाही हुने कानून बन्नुपर्ने बताए ।

श्रम तथा रोजगार मन्त्रालयका उपसचिव अर्जुनप्रसाद खनालले वैदेशिक रोजगारसम्बन्धी कानून संशोधनको प्रक्रियामा रहेको जानकारी दिए।

सहन्यायाधिवक्ता कृष्णजीवी घिमिरेले वैदेशिक रोजगारीमा विषयगत सीप सिकेर जान सके बेचबिखनमा पर्न सक्ने सम्भावना कम भए पनि जोखिम मोलेरै जानेको सङ्ख्या हरेक दिन बढेको गएको हुँदा त्यसलाई रोक्नुपर्नेमा जोड दिए । उनका अनुसार जोखिम छ भनेर सम्झाउँदा पनि मानिस जान नछाड्ने प्रवृत्ति निरुसाहन गर्नुपर्छ ।

जोन्ताका अध्यक्ष सोन्जा होनिग स्कोउले जोन्ताले संयुक्त राष्ट्रसंघीय निकाय युएन वुमनसँग सहकार्य गरी नेपालमा काम गरिरहेको जानकारी दिँदै महिला आत्मनिर्भर बन्ने तथा शिक्षामा जोड दिएमा रोजगारीका क्रममा महिला बेचबिखन हुने समस्या नहुने बताए । सो संस्थामा विश्वभरिका ६६ देशका ३३ हजार उद्यमी महिला सदस्य छन् ।

जोन्ता युएन वुमनका रणनीतिक साझेदार विज्ञ सरु जोशीले अहिले जोन्तासँग मिलेर ६०० महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक तालीम प्रदान गरिरहेको र आगामी दिनमा स्वदेशमै महिलालाई उद्यमी बन्न प्रेरित गरिएको बताइन् ।

वि.सं.२०७४ माघ ११ बिहीवार १५:०७ मा प्रकाशित

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्र दोस्रो बजारमा भएको...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...