back
CTIZAN AD

प्रदेश नं ४ मा प्रदेशसभाको बैठक माघ २२ गते बस्ने 

वि.सं.२०७४ माघ १२ शुक्रवार

783 

shares

Number-4

१२ माघ, पोखरा ।  प्रदेश नं ४ मा प्रदेशसभाको बैठक आगामी माघ २२ गते बस्ने गरी छलफल अघि बढाइएको छ ।

संविधानको धारा १८३ मा प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने व्यवस्था गरिएको छ ।संविधानले गरेको व्यवस्थाअनुसार अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र बैठक बोलाउनु पर्ने भएकाले आगामी माघ २२ गते पहिलो बैठक बोलाउने सम्बन्धमा प्रदेश प्रमुखसँग छलफल भइरहेको प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले बताउनुभयो ।

“माघ २२ गते बैठक बस्ने सम्बन्धमा छलफल भएको तर निर्णय भने भइसकेको छैन”, उहाँले भन्नुभयो । प्रदेश सचिव देवीप्रसाद ज्ञवालीले यसबारेको निर्णय चाँडै नै आउने बताउनुभयो । प्रदेशसभा बैठकस्थलका रुपमा नदीपुरस्थित पोखरा उपत्यका नगर विकास समितिको सभाकक्ष एवं परिसरलाई थप व्यवस्थित बनाउने काम तीव्र रुपमा अघि बढाइएको छ ।

वि.सं.२०७४ माघ १२ शुक्रवार ०५:५६ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

चितवन । जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई...

अनुचित लेनदेनका तेह्र उजुरी

अनुचित लेनदेनका तेह्र उजुरी

चितवन । मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित भएको गुनासो गर्दै यहाँका...