back
CTIZAN AD

धितोपत्र बजार : एक अर्ब ७३ करोड कारोबार

वि.सं.२०७४ माघ १३ शनिवार

765 

shares

१३ माघ, काठमाडौँ । धितोपत्र बजारमा यस साता रु एक अर्ब ७३ करोड ९० लाख १४ हजार बराबरको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्चेन्ज (नेप्से)काअनुसार कुल १७७ कम्पनीको ५० लाख ५९ हजार ९३० कित्ता शेयर बिक्री भएका थिए ।

कारोबार रकम गत साताको भन्दा ५८ दशमलव ७४ प्रतिशत बढी हो । गत साता १७० कम्पनीको रु एक अर्ब नौ करोड ५४ लाख ८५ हजार बराबरका २४ लाख ६१ हजार ६०० कित्ता शेयर खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा एक दशमलव ८६ अंकले बढेर अन्तिम दिन एक हजार ४०४ दशमलव ५३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ३१ अंकले बढेर २९६ दशमलव ४१ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावर लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको रु १६ करोड सात लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ ।

त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा छ । सो बैंकको छ लाख १५ हजार कित्ता शेयर कारोबार भएको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

वि.सं.२०७४ माघ १३ शनिवार १०:२१ मा प्रकाशित

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ 3S शोरूम उद्घाटन

यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ 3S शोरूम उद्घाटन

काठमाडौं । यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ 3S...

पहिला सुन अनि थुन: व्यवसायीमाथि बढ्दो धरपकडबीच सुष्मा श्रेष्ठको अपिल

पहिला सुन अनि थुन: व्यवसायीमाथि बढ्दो धरपकडबीच सुष्मा श्रेष्ठको अपिल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ ९एफएनसीसीआईको ० जिल्ला–नगर महिला...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...