यति बेला ईन्डियन प्रिमियर लिग अर्थात आईपिएलमा खेलाडीको बोेल बोलाई अर्थात अक्सन चलिरहेको छ । आईपिएल टिमहरु खेलाडी भित्राउनलाई प्रतिस्पर्धा गरिरहेका छन् । अघिल्ला सिजनहरुमा निकै राम्रो प्रभाव पारेका खेलाडीहरु नबिकेको बेला विरलै नाम सुनिएका तथा प्रभाव नपारेका खेलाडीलाई भित्राउन समेत टिमहरु विच भिडन्त नै चलिरहेको छ ।
यस्तै ईन्डियन खेलाडी जयदेव उन्नडकटलाई भित्राउन समेत त्यस्तै प्रतिस्पर्धा चलेको छ । उनी साढे ११ भारुमा राजस्थान रोयल्सले किनेको छ । तर यसको प्रसंग भने निकै रमाईलो छ । डेढ करोड भारु आधार मूल्य रहेको उन्नडकटलाई किन्न सुरुमा चेन्नई सुपर किंग्सले डेढ करोड भारुको प्रस्ताव राख्यो त्यसपछि पन्जावले उनलाई १ करोड साठी लाख दिन् तयार भयो यी दुई क्लब बिच उन्नडकटलाई भित्राउन निकै प्रतिस्पर्धा नै चल्यो । २ करोड सम्म १० हजार थप्दै गएका यी टिमले त्यसपछि २० हजार थप्दै गए । यो चक्र यसरी नै १० करोड सम्म पुग्यो तर पनि उनलाई किन्ने दुई क्लबको होँड भने रोकिएन । चेन्नई सुपर किंग्सले १० करोड पचास लाखको प्रस्ताव राख्दा पन्जावले ११ करोड राख्यो तर
एका एक अक्सनमा नयाँ प्रतिस्पर्धी राजस्थान रोयल्स देखियो । राजस्थानले उनलाई ११ करोड पचास लाख दिदैँ आफ्नो टिममा भित्रायो ।
२६ वर्षीय भारतीय बलर उन्नडकट अघिल्लो संस्करणको आईपिएलमा ३० लाख मुल्यमा पुनेमा आवद्ध भएका थिए । उनी लगत्तै दोस्रो संस्करणमा निकै ठुलो मूल्यमा राजस्थान रोयल्समा आवद्ध भएका हुन् ।
वि.सं.२०७४ माघ १४ आइतवार ०७:०२ मा प्रकाशित
























