back
CTIZAN AD

गुणात्मक आर्थिक वृद्धिमा जोड दिनुपर्छ

वि.सं.२०७४ माघ १६ मंगलवार

858 

shares

 

१६ माघ, काठमाडौँ (रासस) । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले मुलुक संघीय संरचनाअनुसार अघि बढेको र तीन तहको सरकार भएकाले देशको आर्थिक व्ययभार बढ्नु स्वभाविक भएको बताएका छन् ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले देशको आर्थिक विकासका लागि नयाँ बन्ने सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

निजामति कर्मचारीको स्वेच्छिक अवकाश र ६५ वर्ष पुगेकालाई वृद्ध भत्ताको नाममा मुलुकमाथि करिब साढे पाँच खर्बको थप दायित्व बढेको बताउँदै पूर्वउपाध्यक्ष क्षेत्रीले अब बन्ने सरकारले जनताको हितमा निर्णय गर्नुपर्ने र धेरै महत्वाकाङ्क्षी तथा खर्च गर्न नसक्नेमा हात हाल्न नहुने सुझाव दिए ।

अर्थविद् डा शंकर शर्माले अवैध धनलाई प्रोत्साहन गर्न नहुने उल्लेख गर्दै वैदेशिक लगानी ल्याउन, रोजगारी सिर्जना गर्न र उद्योग व्यवसायको प्रवद्र्धन गर्नका लागि राज्यले विशेष जोड दिनुपर्ने आवश्यकता औल्याए ।

अर्का अर्थविद् डा डिल्लीराज खनालले कालो धनलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिदैं नेपालमा पूँजीगत खर्च गर्न नसक्नु ठूलो समस्या रहेकाले अब गुणात्मक आर्थिक वृद्धि गर्नेतर्फ जोड दिनु पर्ने बताए ।

वि.सं.२०७४ माघ १६ मंगलवार १३:२५ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...