back
CTIZAN AD

दुई अस्पताललाई ह्विल चियर वितरण

वि.सं.२०७४ माघ १६ मंगलवार

939 

shares

१६ माघ, भक्तपुर। शहीद दिवसका अवसरमा आज समाजवाद अध्ययन केन्द्र चाँगुनारायणले भक्तपुर अस्पताल र क्यान्सर अस्पताललाई ह्विल चियर प्रदान गरेको छ ।

समाजका प्रमुख दुर्गा फुँयालले भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेम खड्का र क्यान्सर अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेलाई ह्विल चियर प्रदान गरे ।

भक्तपुर अस्पताल र क्यान्सर अस्पतालको आकस्मिक कक्षमा ह्विल चियर नभएर बिरामीले समस्या भोगेको देखेकाले संस्थाले भक्तपुर अस्पताललाई दुई र क्यान्सर अस्पताललाई दुईवटा ह्विल चियर प्रदान गरेको जनाएको छ ।

शहीदको सम्झना

शहीद भरत गोपाल झा स्मृति प्रतिष्ठानले आज शहीदको सम्झना गरेको छ । प्रतिष्ठानले आज भक्तपुरमा आयोजना गरेको शहीद सम्झना सभामा नेपाल सरकारले शहीद घोषणा गरेको शहीदको सम्झना गरेको हो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वसांसद लेखनाथ न्यौपाने, काँग्रेस भक्तपुरका संस्थापक तिलक कायस्थ, काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, काँग्रेस भक्तपुरका पूर्वअध्यक्ष गणेशमान चक्रधर लगायतले शहीद भरतगोपाल झालाई सरकारले ढिलै भए पनि शहीद घोषणा गरेर सम्मान गरेकोमा सरकारलाई धन्यवाद दिदै शहीदको सम्मान गर्ने र उनीहरुको योगदानलाई बिर्सन नहुने बताए ।

वि.सं.२०७४ माघ १६ मंगलवार १३:२७ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

चितवन । जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई...

अनुचित लेनदेनका तेह्र उजुरी

अनुचित लेनदेनका तेह्र उजुरी

चितवन । मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित भएको गुनासो गर्दै यहाँका...