back
CTIZAN AD

भेट्रान वेङ्गर जसले प्रमुख खेलाडी गुमाएर पनि सरुवा बजारमा जिते

वि.सं.२०७४ माघ १८ बिहीवार

819 

shares

१८ माघ, एजेन्सी । ईङलिश क्लब आर्सनलका प्रशिक्षक आर्सेन वेङगरको आलोचना र सर्मथन दुवै हुने गर्दछ ।

सन् १९९६ देखि निरन्तर आर्सनलको वागडोर सम्हालेका वेङगर लिगेसीले आर्सनल सधै भरि चर्चाकै शिखरमा आउने गर्दछ । भलै उनले पछिल्ला समयमा क्लबबाट त्यत्ति धेरै ट्रफी त जिताएका छैनन् तर पनि उनको लिगेसी तथा स्टारडमको अगाडि आर्सनलको बोर्ड सधै भरि नतमस्तक हुने गर्दछ । फलस्वरुप यसै सिजनको सुरुमा सम्झौता सकिएका वेङगरलाई नवीकरण गर्दै उत्तरी लण्डनको क्लबले थप दुई वर्षको  थप सम्झौता दिएको थियो ।

जनवरी ट्रान्सफर सुरु हुने बित्तिकै आर्सनलको बोर्डलाई निकै ठुलो चिन्ताको विषय बनेको थियो स्टार खेलाडी एलेक्सिस सान्चेज र मेजुट ओजिलको सम्झौता नवीकरण बारे अन्योलता तर जनवरी सकिने बित्तिकै त्यो चिन्ता खुसीको विषय बनेको छ त्यसको प्रमुख कारण हुन् वेङगर । भलै एलेक्सिस सान्चेजलाई आर्सनलले क्लबमा राख्न त सकेन तर उनको सट्टामा अर्को प्रतिभावान खेलाडी पाएको छ आर्सनलले ती हुन् अर्मेनियन खेलाडी हेनरिख मिख्ति¥यान यसै विन्डोमा आर्सनलले अर्का स्टार खेलाडी अउवामियाङ लाई भित्राएको छ ।
तीनै अउवामियाङ र मिख्ति¥यानले सन् २०१३ मा बरुस्सिया डर्टमण्डमा ठुलै धमाका मच्चाएका थिए । एलेक्सिस सान्चेजको ठुलो मागले क्लबलाई आर्थिक भार पर्ने निश्चित थियो वेङगरको कुशलताले अर्का खेलाडी मेजुट ओजिललाई क्लबमा राख्न सक्ने भएको छ । सान्चेजको ठाउमा क्लबले अउवामियाङ पाएको छ । बुन्डेसलिगमा निकै राम्रो प्रभाव छोडेका अउवामियाङको खेल्ने शैली आर्सनलको खेल्ने शैलीसँग मिल्छ ।
यसै जनवरी विन्डोमा आर्सनलले ओलिभिर जिरुड, थियो वाल्कट, सान्चेज, फ्रान्सेस ककलिन जस्ता पुराना खेलाडीलाई गुमाएपनि आर्सनलले तिनको गतिलो प्रतिस्थापन पाएको छ । त्यसैले त अहिले आर्सेन वेङगर लिगेसीको चर्चा छ । फेरि एकपटक वेङगको आलोचनाको सट्टा सर्वत्र परिचर्चा हुन् थालेको छ ।

वि.सं.२०७४ माघ १८ बिहीवार ०७:३२ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...