back
CTIZAN AD

पूर्वी रुकुमको सदरमुकाम यथास्थितिमा राख्न सर्वोच्चको आदेश

वि.सं.२०७४ माघ १९ शुक्रवार

942 

shares

१९ माघ, काठमाडौँ । सर्वोच्च अदालतले पूर्वी रुकुमको सदरमुकाम सार्ने सरकारको निर्णयलाई हाललाई अर्को आदेश नहुँदासम्म यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले सदरमुकाम सार्ने निर्णयको कारण देखाऊ आदेश माग्दै विहिबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिए । उनका अनुसार अदालतले यही माघ २८ गते छलफलका लागि रिट निवेदक र सरकारलाई बोलाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को यही माघ ११ गते बसेको बैठकले पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट उत्तरगंगा वडा नं १२ गोलगोल खाँडा सार्ने निर्णय गरेको थियो । अधिवक्ता गणेश हमालले सरकारको सो निर्णयविरुद्ध रिट निवेदन दायर गरेका थिए । रिट निवेदकका तर्फबाट कानून व्यवसायी सूर्य ढुंगेल, उपेन्द्रकेशरी न्यौपाने, रमण श्रेष्ठ, टीकाराम भट्टराई, गोपालदत्त पाण्डेलगायतले बहस गरेका हुन् ।

वि.सं.२०७४ माघ १९ शुक्रवार ०३:०८ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...