back
CTIZAN AD

 प्रदेश सांसदलाई खाना र आवासमा छुट प्रदान गर्दै हेटौँडाका होटल व्यवसायी

वि.सं.२०७४ माघ १९ शुक्रवार

783 

shares

१९ माघ, हेटौँडा । हेटौँडाका होटल व्यवसायीले प्रदेश नं ३ का प्रदेश सांसदलाई खाना र आवासमा छुटको व्यवस्था गरेको छ ।

हेटौँडालाई स्थायी रुपमा नै प्रदेशको राजधानी बनाउने कार्यमा सहयोग गर्न भन्दै हेटौँडाका होटल व्यवसायीले सांसदलाई विशेष छुटको व्यवस्था गरेका हुन् ।

सांसदका लागि शपथ ग्रहण गर्न आएको समयदेखि नै आवासमा ४० प्रतिशत र खानामा १५ प्रतिशत छुटको व्यवस्था गरेको होटल व्यवसायी संघ मकवानपुरका अध्यक्ष भागिरथ शर्माले जानकारी दिए।

उनले भने, “प्रदेशको राजधानी हेटौंँडा बनाउनका लागि यति सहयोग गर्न होटल व्यवसायी तयार छन्, सांसदलाई सेवा दिन पाउँदा खुशी पनि छन् ।” हेटौँडामा पर्याप्त होटल रहेको भन्दै उहाँले प्रदेशको राजधानी बनाउन संघले गर्नुपर्ने भूमिका निर्वाह गर्ने बताए ।

अस्थायी मुकाम हेटौंँडा तोकिएपछि संघले बैठक बोलाएर प्रदेश सांसदलाई खाना र बसाइँमा छुट दिने निर्णय गरेको अध्यक्ष शर्माले बताए ।

प्रदेशसभाको पहिलो बैठकमा सहभागि हुन हेटौँडा आइपुग्नुभएका सांसदलाई आवास तथा खानाको व्यवस्था मिलाउन पाउँदा खुशी लागेको मानस गेष्ट हाउसका सञ्चालक मानबहादुर लामाले बताए ।

त्यसैगरी थकाली भान्छाघरका सञ्चालक शम्भु अधिकारीले छुट पाएकामा सांसदहरु खुशी भएको बताउँदै स्थायी राजधानी हेटौँडा भएको खण्डमा सधैँ छुट दिन सकिनेसमेत बताए ।

हेटौंँडाका होटल व्यवसायीले गरेको छुट हेटौँडावासीको माया भएको सांसद रीता माझीले बताईन् । होटल व्यवसायीको यस कार्यले सांसदहरु खुशी नै भएको उनको भनाइ छ ।

वि.सं.२०७४ माघ १९ शुक्रवार ११:२७ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...