back
CTIZAN AD

सुरक्षित गर्भपतनले घट्दै छ स्वास्थ्य समस्या

वि.सं.२०७४ माघ १९ शुक्रवार

798 

shares

१९ माघ, बनियानी झापा । सुरक्षित गर्भपतनका कारण महिलामा देखिने स्वास्थ्य समस्यामा कमी भएको छ ।

स्वास्थ्य सम्बन्धी चेतना वृद्धि र सुरक्षित गर्भपतन गराउनेको संख्या बढेसँगै स्वास्थ्य समस्यामा कमी आएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने बढेका छन् । जसका कारण महिलामा गर्भपतनपछि हुने अधिक रक्तस्राव, शारीरिक कमजोरी लगायतका स्वास्थ्य समस्यामा कमी हुन थालेको हो ।

असुरक्षित रुपमा गर्भपतन गराउदा महिलाको मृत्यु समेत हुने गरेकाले यस्को नियन्त्रणका लागि सरकारले निःशुल्क सुरक्षित गर्भपतन सेवा दिन थालेको कार्यालयका जनस्वास्थ्य अधिकृत मधुसुधन कोइरालाले बताए ।

चालु आर्थिक वर्षको साउनयता जिल्लाका एक हजार ५२१ जनाले सुरक्षित गर्भपतन गराएको उक्त कार्यालयका तथ्यांक सहायक तोयानाथ दाहालले जानकारी दिए । जसमध्ये ११३ महिलामा स्वास्थ्य समस्या देखिएकामा समाधान गरिएको दाहालले बताए ।

आव ०७१÷७२ मा तीन हजार ४३२ जनाले सुरक्षित गर्भपतन गराएका थिए । उनीहरुमध्ये ६७२ जनामा स्वास्थ्य समस्या देखिएको थियो । त्यसपछि आव ०७२÷७३ मा चार हजार २०७ जनाले सुरक्षित गर्भपन गराएका थिए । जुन संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ८२५ ले बढी हो ।

त्यस्तै, आव ०७३÷७४ मा पाँच हजार २१४ ले गर्भपतन सेवा लिएकामा ४०४ जनामा स्वास्थ्य समस्या देखिएको थियो ।
‘आठ हप्तासम्मको गर्भपतन गराउनसक्ने गरी निःशुल्क सेवा दिँदै आइएको छ’, कोइरालाले भने, “अहिले लुकीचोरी गर्भपतन गराउनुपर्ने अवस्था छैन, जसले गर्दा गर्भपतन गराउँदा हुनसक्ने सम्भावित जोखिमबाट समेत बच्न सकिन्छ ।”

झापाका झापामा १२ वटा सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा प्रदान गरिँदै आएको छ ।

वि.सं.२०७४ माघ १९ शुक्रवार ११:१८ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...