back
CTIZAN AD

केटो बचाउनै मुस्किल !

वि.सं.२०७४ माघ १९ शुक्रवार

801 

shares

 

rhino baby१९ माघ, रत्ननगर, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा जन्मिएका गैँडाको केटो (बच्चा) लाई बचाउनै मुस्किल हुने गरेको छ । गत भदौदेखि लगातार चार वटा गैँडाका केटो मरेको निकुञ्जले जनाएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा रहेको मयूरे गत साउन २८ गते आएको बाढीमा परेर म¥यो ।

यसैगरी पश्चिम चितवनको मेघौलीबाट गएको भदौ २२ गते उद्धार गरिएको अर्को गैँडाको बच्चा को पनि उपचार सफल हुन नसकी कात्तिक १४ मा मृत्यु भयो । बाघको आक्रमणमा परी गम्भीर घाइते अवस्थामा ल्याइएको अन्दाजी दुई वर्षको गैँडाको बच्चा उपचारकै क्रममा मरेको छ ।

सौराहा नजिकै ढुंग्रे खोलामा बाघको आक्रमणबाट घाइते अवस्थामा भेटिएको अर्को केटो पनि सौराहामा उपचारकै क्रममा केही हप्ताअघि मरेको थियो ।

चितवनको जनकौली वनमा पनि घाइते अवस्थामा एउटा केटो फेला परेको थियो । फिल्डमै गएर उपचार शुरु गरिए पनि बचाउन नसकिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक बताउछन् ।

बाढीपछि उद्धार गरिएका छवटा केटामध्ये अहिले दुईवटा सौराहामा रहेको छ । एउटा खुला संरक्षणमा छ भने अर्को खोरमा राखिएको छ ।

अहिले तन्दुरुस्त देखिएको गैँडा पनि कतिबेला के हुने भन्नै नसकिने निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालको भनाइ छ । अहिले सौराहामा वन्यजन्तु अस्पताल बन्ने क्रममा भएकाले अब केही राहत हुने वरिष्ठ पशु चिकित्सक डा कमल गैरे बताउछन् ।

वि.सं.२०७४ माघ १९ शुक्रवार ११:१३ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...