back
CTIZAN AD

प्राङ्गारिक तरकारी तथा कृषि उपजले जीवनस्तर सुधारिँदै

वि.सं.२०७४ माघ १९ शुक्रवार

921 

shares

१९ माघ, पोखरा । कास्की अन्नपूर्ण गाउँपालिका–३ का पाउँदुर र ४ का भदौर देउरालीका स्थानीयवासीले प्राङ्गारिक तरकारी एवं कृषि उपज उत्पादन गर्नथालेपछि उनीहरुको जीवनस्तरमा क्रमिक सुधार हुँदै गएको छ ।

विषादीयुक्त खाद्यान्नले मानव जीवनलाई प्रत्यक्ष प्रभावित पारिरहेको अवस्थामा सामुदायिक रुपमा नै प्राङ्गारिक कृषि उपज शुरु गरेका स्थानीयलाई उक्त उत्पादनमा भइरहेको मागका साथै सहज बजारीकरणले थप उत्साहित बनाएको छ ।

घरमा बिहान बेलुका स्वस्थ्यकर तरकारी तथा कृषि उपज खाँदा पारिवारिक स्वास्थ्य त राम्रो भएको छ नै त्यसबाट आजआर्जनलाई समेत टेवा पु¥याएको छ ।

युएससी क्यानडा एशिया र लिवर्डको सहयोगमा माछापुच्छ«े विकास संघ, कास्कीले छ वर्षयता सञ्चालन गरेको समुदायको उद्यमशीलताद्वारा पर्यावरणीय कृषि प्रवद्र्घन (पिस) परियोजनासँगै प्राङ्गारिक उत्पादन एवं स्वस्थ्य जीवनशैली निर्माणमा सहयोग पुगेको हो ।

परियोजनाले कृषिमा व्यावसायिकता तथा स्वस्थ्यकर तरकारी उत्पादनमा स्थानीय किसानलाई प्रोत्साहित गर्दै कृषि पेशातर्फ आकर्षित गर्नाका साथै स्वस्थ्य जीवनशैली निर्माणलगायत कार्यमा सहयोग पु¥याएको माछापुच्छ«े विकास संघका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए।

उनका अनुसार यस क्षेत्रमा परियोजना सञ्चालनयता व्यावसायिक कृषिको विकासका लागि २३ वटा कृषि समूह तथा पञ्चासे कृषि विकास समिति तथा पञ्चधाम कृषि विकास सहकारी संस्था स्थापना भइसकेका छन् ।

परियोजना सञ्चालन भएयता कृषकको क्षमता तथा सचेतना अभिवृद्धि गर्दै प्राङ्गारिक उत्पादन वृद्धि गर्ने, बजारीकरण तथा संस्थागत विकासमा थालिएको प्रयास उपलब्धिमूलक भएको स्थानीयवासी बताउँछन् ।

“यस क्षेत्रका अधिकांश जमिन झण्डै उपयोगविहीन जस्तो भइरहेको र तरकारी किनेर खानु पर्ने अवस्था थियो,” पञ्चधाम कृषि विकास सहकारी संस्थाकी अध्यक्ष खिमकुमारी गुरुङले भनिन्, “अहिले प्रशस्त तरकारी तथा कृषिजन्य उत्पादन हुँदा त्यसको आफूले उपयोग त गरिरहेकै छौँ, बजारसम्म पु¥याएर बिक्री वितरण गर्दा आय आर्जनमा समेत धेरै सुधार भएको छ ।”

सचेतना अभिवृद्धिसँगै कृषक प्राङ्गारिक उत्पादनतर्फ प्रेरित भएको उनको धारणा छ ।
परियोजनाअन्तर्गत यस क्षेत्रमा मौसमी तथा बेमौसमी तरकारीका बीउबिजन वितरण गरिएको छ भने ११३ वटा प्लास्टिक टनेल वितरण गरिसकिएको छ । त्यस्तै दुई वटा सामुदायिक होमस्टे प्रवद्र्धन गरी २४ घरमा होमस्टे सञ्चालनमा आएका छन् ।

प्राङ्गारिक उत्पादनसँगै स्थानीय कृषकले वार्षिक करिब ५० लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।

स्थानीयवासीलाई मलमूत्रको व्यवस्थापन गर्न भकारा सुधार तथा मलखाद्य व्यवस्थापन, जैविक मल, भिटामिन र विषादी बनाउने तरिका आदिबारे जानकारी गराइएको माछापुच्छे« विकास संघका कार्यकारी निर्देशक दीलबहादुर भट्टराईले जानकारी दिए ।

उनका अनुसार कृषि जैविक विविधताको संरक्षण तथा उपयोगमा युवाको संलग्नता बढाउनका साथै बजार व्यवस्थापन र कृषि सहकारी संस्थाको स्थापना आदिका कारण यस क्षेत्रका कृषकको पोषण सुरक्षा र जीविकोपार्जनमा महत्वपूर्ण सुधार देखिएको छ ।

विगतमा बाँझो बन्न पुगेका जग्गालाई पछिल्लो समय कृषि उत्पादनका लागि उपयोग गर्नेतर्फ कृषक आकर्षित बन्ने गरेको प्रगतिशील अर्गानिक कृषि समूहकी अध्यक्ष दुर्गा पौडेलले बताईन् ।

“दुई रोपनी जग्गामा अर्गानिक फार्म सञ्चालन गरेर टनेलबाट बाह्रै महिना गोलभेँडा र तरकारी उत्पादन गरेर वार्षिक रु तीन लाखसम्म आम्दानी गर्न सकिएको छ”, उनले भनिन् “उक्त आम्दानीका कारण केटाकेटी पढाउन र घर खर्च चलाउन पनि निकै सहज भएको छ ।”

विषादीको प्रयोगबाट मानवीय स्वास्थ्यमा पार्ने नकारात्मक असर सम्बन्धमा कृषकलाई सचेत गराउँदै उक्त क्षेत्रका ३३१ भन्दा बढी भकारा सुधार गर्दै खेर गइरहेका गाईबस्तुको मूत्र संकलन गर्ने गरिएको छ ।

संघले मलखाद सुधारको अभियान शुरु गरेर स्थानीय तहमा जैविक झोल तथा गड्यौँलाको मल बनाएर उपयोग गर्न सिकाएका कारण बोटबिरुवामा लाग्ने रोग तथा किराको व्यवस्थापनमा सहजता आएको स्थानीय कृषक सदाखर पौडेलले बताए ।

“छोटो समयमा पर्यावरणीय व्यावसायिक कृषिको नमूना यहीबाट प्रभावकारी रुपमा शुरुवात् भइरहेको छ”,उनले भने, “प्राङ्गारिक खेतीको सम्भावना प्रचुर भएका कारण नयाँ पुस्ताका युवायुवतीलाई यसतर्फ आकर्षित गर्नु अहिलेको आवश्यकता हो ।”

प्राङ्गारिक उत्पादनको बजारमा धेरै माग भए पनि मागअनुसार आपूर्ति हुन नसकेको बताउँदै लि–बर्डका कार्यक्रम निर्देशक भरत भण्डारी यस अभियानलाई अन्य क्षेत्रमा समेत अनुसरण गर्दै सञ्जाल बनाउन सके अति राम्रो हुने बताउछन् ।

सामुदायिक रुपमा प्रयास गरेमा प्राङ्गारिक उत्पादन आय आर्जनको महत्वपूर्ण स्रोत बन्न सक्ने अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष सगुन गुरुङले बताईन् ।

वि.सं.२०७४ माघ १९ शुक्रवार ०९:५८ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कृषि उपेक्षा र देखावटी विकासको वास्तविकता

कृषि उपेक्षा र देखावटी विकासको वास्तविकता

नेपालका अधिकांश गाउँमा करिब ६० प्रतिशत जनताको जीवन निर्वाह कृषि...

अनुसन्धान, प्रविधि र सहकार्यका लागि अन्तरराष्ट्रिय मौरी सम्मेलन

अनुसन्धान, प्रविधि र सहकार्यका लागि अन्तरराष्ट्रिय मौरी सम्मेलन

नारायणगढ (चितवन) । परागसेचन र खाद्य सुरक्षाबीचको अन्तरसम्बन्धबारे अन्तरराष्ट्रियस्तरमा बहस...

अब संघीय मातहतमा कृषि सेवा प्रवाह हुनुपर्छ

अब संघीय मातहतमा कृषि सेवा प्रवाह हुनुपर्छ

नेपालमा कृषि तथा पशुपालन क्षेत्र देशको अर्थतन्त्र र ग्रामीण जीवनको...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...