back
CTIZAN AD

फागुन १ गतेदेखि चलचित्र घरमा ‘बक्स अफिस’ लागू गर्न सहमत

वि.सं.२०७४ माघ २० शनिवार

645 

shares

२० माघ, काठमाडौँ । सरकारले चलचित्र क्षेत्रलाई मर्यादित र पारदर्शी बनाउन आगामी फागुन १ गतेदेखि चलचित्र घरमा केन्द्रिकृत सिनेमा बक्स अफिस व्यवस्थापन प्रणाली (बक्स अफिस म्यानेजमेन्ट सिस्टम) लागू गर्ने भएको छ ।

चलचित्र विकास बोर्डलगायत चलचित्रसँग सम्बन्धित विभिन्न संघसंस्थाले राख्दै आएको माग पूरा हुने भएपछि काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका मल्टिप्लेक्स चलचित्र हलमा सो प्रणाली लागू हुने भएको हो ।

चलचित्र विकास बोर्डलगायत चलचित्रसँग सम्बन्धित विभिन्न संघसंस्थाले आज सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई भेटी सो सिस्टमलाई चलचित्र घर र सेन्ट्रल सर्भरसँग लिंक गर्न आवश्यक पर्ने इन्टरनेट सेवा जडानका लागि नेपाल टेलिकमलगायतका अन्य इन्टरनेट सेवा प्रदायकलाई निःशुल्कमा र्वाटर सिस्टममा जडान गर्ने व्यवस्था गर्नुपर्नेलगायत विभिन्न माग गरेका थिए ।

पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका मल्टिप्लेक्स चलचित्र घरमा, दोस्रो चरणमा काठमाडौँ उपत्यकामा रहेका अन्य चलचित्र घरमा र अन्तिम चरणमा २०७५ माघ १ गतेदेखि उपत्यका बाहिर सञ्चालनमा रहेका चलचित्र घरमा सो प्रणाली लागू गरिने छ ।

बक्स अफिस सिस्टम लागू गर्न सहमत भएसँगै चलचित्र व्यवसायीले सो सिस्टमलाई चलचित्र घर र सेन्ट्रल सर्भरसँग लिंक गर्न आवश्यक पर्ने इन्टरनेट सेवा जडानका लागि नेपाल टेलिकमलगायतका अन्य इन्टरनेट सेवा प्रदायकलाई निःशुल्कमा र्वाटर सिस्टममा जडान गर्ने व्यवस्था गर्नुपर्नेलगायत विभिन्न माग गरेको छन् ।

सो अवसरमा सञ्चारमन्त्री बस्नेतले चलचित्रको जाँच गर्ने सन्दर्भमा नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघकोतर्फबाट केन्द्रीय चलचित्र जाँच समितिमा एक÷एक जना प्रतिनिधिलाई आमन्त्रित सदस्यका रूपमा आमन्त्रण गर्न आफू सहमत भएको बताए ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले ‘बक्स अफिस म्यानेजमेन्ट सिस्टम’ लागू भएपछि चलचित्र व्यवसायबाट प्राप्त हुने व्यावसायिक शेयर, कर तथा शुल्कमा पारदर्शी हुने विश्वास व्यक्त गरे ।

वि.सं.२०७४ माघ २० शनिवार ०३:०७ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...