back
CTIZAN AD

पाँच वर्षदेखि बन्द रहेको आगन्तुक केन्द्र पुनः सञ्चालन

वि.सं.२०७४ माघ २० शनिवार

819 

shares

२० माघ, रत्ननगर चितवन । पाँच वर्षदेखि बन्द रहेको चितवनको सौराहास्थित पर्यटक आगन्तुक केन्द्र शुक्रबारदेखि पुनःसञ्चालनमा ल्याइएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र यस क्षेत्रमा पाइने वन्यजन्तु तथा वनस्पतिबारे सूचना उपलब्ध गराइने उक्त केन्द्र पुनःसञ्चालन गरिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले उक्त केन्द्र शुभारम्भ गर्दै यसलाई अझै व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । विश्व सीमसार दिवसका अवसरमा आजबाट पुनःसञ्चालन गरिएको निकुञ्जको पूर्वी सेक्टरमा रहेको उक्त सूचना केन्द्रबाट पर्यटकले निःशुल्क रूपमा सूचना लिन सकिन्छ ।

उक्त केन्द्रमा २०५० सालको बाढीले क्षति पु¥याएकामा गएको साउनको बाढीले थप डुबानमा पारेको र उचित मर्मत नहुँदा ओझेलमा परेको थियो ।

अब भने नियमितरूपमा यसलाई सञ्चालन गर्ने चितवन निकुञ्ज पूर्वी सेक्टर कार्यालयका प्रमुख अभिनय पाठकले बताए । करिब रु तीन लाखको लागतमा केन्द्र सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

यो केन्द्रमा चितवन निकुञ्जको वस्तुस्थितिका साथै वन्यजन्तु, गैंँडा, अर्नाको स्थानान्तरणको सूचना र सीमसारका जीवबारे जानकारी पाइन्छ । वन्यजन्तु अपराध सम्बन्धी कानूनी व्यवस्था, संरक्षण र अपराध विरुद्ध सूचना दिनेलाई पुरस्कारका दिने कुरालगायत सूचना पनि यहाँ छ ।

केन्द्रमा गैँंडा, गौरीगाई, मृग, अर्ना, बाघको पञ्जालगायत वन्यजन्तुका अखेटोपहार समेत राखिएको छ ।

पर्यटन व्यवसायी तथा संरक्षणकर्मी वासु ढुंगाना, टीका गिरी तथा सदर चिडियाखाना जाउलाखेलका प्रमुख डा चिरञ्जीवी पोखरेलले सूचना केन्द्रलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

वि.सं.२०७४ माघ २० शनिवार ०३:१८ मा प्रकाशित

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

म्याग्दी । पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा...

नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघको १७औँ साधारण सभा सम्पन्न

नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघको १७औँ साधारण सभा सम्पन्न

काठमाडाैँ । नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघ (एनडब्लुएफपीईए)...