back

प्रदेश नं १ मा माघ २९ गते सभामुखको निर्वाचन

वि.सं.२०७४ माघ २० शनिवार

846 

shares

२० माघ,विराटनगर । प्रदेश नं १को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको आज बसेको बैठकले प्रदेशको सभामुख, उपसभामुखको निर्वाचनको मिति निर्धारण गर्नाका साथै माघ २२ गते हुन गइरहेको प्रदेशसभा सञ्चालनसम्बन्धी विभिन्न निर्णय गरेका छन् ।

प्रदेश नं १ का ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीको अध्यक्षतामा विराटनगरस्थित जिल्ला समन्वय समितिमा बसेको बैठकले माघ २९ गते सभामुख र फागुन ३ गते उपसभामुखको निर्वाचनको मिति निर्धारण गरेको छ । दुवै निर्वाचनको मिति दिउँसो १ बजेदेखि हुने संघीय सचिवालयका उपसचिव सहजित राईले जानकारी गराए ।

सभामुख र उपसभामुखको निर्वाचनको एक दिन पहिले प्रदेशको सचिवालयमा उम्मेदवारी दर्ता गरिने उनले जानकारी दिए ।

सो बैठकले प्रदेशसभा सञ्चालनका लागि अन्तरिम कार्यविधि पास गरेको छ र सभामुखलाई सहयोग गर्नका लागि अध्यक्षता मण्डलको आवश्यकता रहेकाले पाँच सदस्यीय एउटा समिति पनि गठन गरेको छ । सो समितिमा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) संघीय समाजवादी फोरम र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक÷एकजना प्रदेशसभा सदस्य रहने निर्णय गरिएको हो ।

त्यस्तै, माघ २२ गते प्रदेशसभा सञ्चालन हुनका लागि प्रदेश प्रमुखको पत्र पढिनेछ र त्यसपछि, प्रदेशसभामा छ दलका एक÷एकजना प्रदेश सदस्य र एक स्वतन्त्र सदस्यले शुभकामना मन्तव्य दिनेछन् ।

शुभकामना मन्तव्य दिनेमा नेकपा (एमाले)का भीम आचार्य, नेपाली काँग्रेसका केदार कार्की, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णुबहादुर तुम्बाहाम्फे, संघीय समाजवादी फोरम नेपालका जयराम यादव, नेकपा (माओवादी केन्द्र)का इन्द्रबहादुर आङ्बो र स्वतन्त्र नारायणबहादुर मगर छन् ।

वि.सं.२०७४ माघ २० शनिवार १३:१५ मा प्रकाशित

अर्थमन्त्री खनालद्वारा क्षतिग्रस्त आन्तरीक राजश्व कार्यालको निरीक्षण

अर्थमन्त्री खनालद्वारा क्षतिग्रस्त आन्तरीक राजश्व कार्यालको निरीक्षण

विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक मितव्ययिता सम्बन्धित मन्त्रिपरिषद् बैठकद्वारा...

कास्कीमा सार्वजनिक सेवा प्रवाह क्रमशः सहज हुँदै

कास्कीमा सार्वजनिक सेवा प्रवाह क्रमशः सहज हुँदै

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा कार्यालयमा...

काठमाडौँमा १२ वटा ‘हाई मास्ट लाइट’ जडान

काठमाडौँमा १२ वटा ‘हाई मास्ट लाइट’ जडान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र १२ वटा ‘हाई मास्ट लाइट’ जडान...

जेनजी प्रदर्शन : शुक्लाफाँटा नगरपालिकामा तीन करोड बढीको क्षति

जेनजी प्रदर्शन : शुक्लाफाँटा नगरपालिकामा तीन करोड बढीको क्षति

कञ्चनपुर । जेनजी प्रदर्शनका क्रममा शुक्लाफाँटा नगरपालिकाले पनि आर्थिक क्षति...

झापाबाट फरार भएका ९१ जना थुनुवा अझै सम्पर्कविहीन

झापाबाट फरार भएका ९१ जना थुनुवा अझै सम्पर्कविहीन

झापा । विर्तामोड, दमक र झिलझिलेस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट...

प्रदेश संरचना खारेज हुँदैनः अर्थमन्त्री खनाल

प्रदेश संरचना खारेज हुँदैनः अर्थमन्त्री खनाल

मोरङ । अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै...