back
CTIZAN AD

अस्पताल आउनेमध्ये २५ प्रतिशतलाई छालाको समस्या

वि.सं.२०७४ माघ २१ आइतवार

642 

shares

२१ माघ, काठमाडौँ । चिटिक्क र राम्रो देखिन जो कोहीलाई मन लाग्नु स्वाभाविकै हो । सुन्दर र आकर्षक व्यक्तित्व भएको मानिसमा सबैको ध्यान जान्छ । सौन्दर्यका पारखीहरु खासगरी त्वचा अर्थात छालाको हेरचाहमा बढी सजग देखिन्छन् र यसले व्यक्तिको आकर्षक छविलाई उजागर गर्न मद्दत गर्छ ।
छालाको रङ कस्तो छ भन्नेमा भन्दा पनि कसरी उसले आफ्नो छालाको हेरचाह गरेको छ भन्ने कुराले अधिक अर्थ राख्ने चिकित्सकहरु बताउँछन् ।
नेपालमा बढी देखिने पाँच रोगमध्ये एक छालासम्बन्धी भएको छालारोग विशेषज्ञ डा। रविन्द्र बास्कोटा बताउछन् । उनी भन्छन् , “नेपालमा छाला रोगको समस्या धेरै छ । कूल जनसंख्याको २५ प्रतिशतमा कुनै न कुनै र पाँच प्रतिशतलाई कडा खालको रोग छ जसको तत्काल उपचार जरुरी छ ।”
यो रोग मौसम अनुसार पनि मानिसमा देखिन सक्छ । हिमाल, पहाड र तराईको फरक फरक भौगोलिक अवस्थामा बसोबास गर्नेहरुलाई हुने छालाको समस्या पनि फरक फरक हुन्छ । जाडो र गर्मी मौसममा छालाका फरक फरक समस्या देखापर्छन् ।
आफ्नो छालाको ख्याल राख्नु सुन्दरतासँग मात्र नभएर उसको स्वास्थ्यसँग पनि उत्तिकै जोेडिएको विषय हो भन्छिन् छालारोग विशेषज्ञ प्राडा सविना भट्टराई  “बजारमा पाइने महँगा क्रिम लगाएर मात्र राम्रो भइँदैन, त्यसका लागि सन्तुलित खाना, पर्याप्त पानी सेवन तथा निद्रा र नियमित व्यायाम सबै आवश्यक हुन्छ,” ।
पछिल्लो समय शहरीकरणले उब्जाएको फोहर, धुलो, धुवाँ र प्रदूषणले छालालाई गम्भीर असर पारिरहेको छ । यसले अनेकथरि चर्मरोग बढाउने गरेको चिकित्सकको अनुभव छ । चिकित्सकहरु छालामा साधारण समस्या देखिएपनि विशेषज्ञलाई जँचाएर उचित र नियमित उपचार विधि अपनाउन सुझाव दिन्छन् ।
सन्तुलित र सही तरीकाले छालालाई स्याहार्न जानियो भने स्वस्थ र सुन्दर रहन सकिने डा भट्टराई बताउछिन् ।
पछिल्लो समय नेपालमा स्वास्थ्य संस्थाका बहिरङ्ग सेवामा उपचारार्थ आउनेमध्ये २० देखि ३० प्रतिशत छालाका समस्याबाट पीडित हुन्छन् ।
डा बास्तोला भन्छन्, “हामीले छालाका समस्यालाई गम्भीर रुपमा नलिने गरेकाले छालामा विभिन्न एलर्जी हुने, दागधब्बा आउने, उमेरभन्दा अगावै बूढो देखिने, चाउरी पर्ने, अनुहार तथा कपाल सुक्खा हुने र छालाको सौन्र्दयपन हराएर जानेजस्ता समस्या बढ्दै गएको छ ।’’
छालाका समस्यालाई सामान्य ठानियो र समयमै सही उपचार गरिएन भने त्यसले पछि क्यान्सरको रुप लिन सक्ने खतरा पनि रहन्छ ।
“छालाको समस्या बढ्दै गएमा वा धेरै घाममा काम गर्ने व्यक्तिमा छालाको क्यान्सर देखिन पनि सक्छ,” डा भट्टराई भन्छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका चर्म तथा यौन रोग विभागका पूर्व प्रमुख प्राडा दिनेशविनोद पोखरेलका अनुसार वातावरणीय प्रदूषण, अस्वस्थकर खानपान र जथाभावी औषधिको प्रयोगलगायतका कारण छालाका समस्या बढेर गएको छ । उनका अनुसार दाद, संक्रमण, डण्डीफोर, चायाँपोतो, कत्ले रोग र दुबी बढी देखिने समस्या हुन् ।
पाँच मुख्य छालाका समस्या
गोलो घेरामा देखिने चिलाउने सरुवा रोग हो दाद । रोगीको कपडा प्रयोग गर्दा, सँगै सुत्दा यो रोग सर्न सक्छ । लामो समयसम्म उपचार गर्दा पनि यो रोग निको भएन भन्ने गुनासो बढी सुनिन्छ । तर राम्ररी उपचार गर्ने हो भने दाद निको हुन्छ ।
एग्जीमा पनि भनिने छालाको अर्को बढी देखिने समस्या एलर्जी हो । यो दाद जस्तो अरुलाई सर्दैन । निकै चिलाउँछ तर उपचार गरेमा निको हुन्छ । लुतो निकै चिलाउने छालाको अर्को रोग हो । यसले गर्दा मानिसलाई अरुका अगाडि बस्न समेत अप्ठयारो पार्छ । एकबाट अर्कोमा सजिलै सर्ने यो रोगले व्यक्तित्वलाई नै खराब बनाइदिन्छ । यो एक प्रकारको किटाणुबाट हुन्छ ।
किशोरावस्थामा प्रवेश गर्दै गर्दा शारीरिक परिर्वतन भई डण्डीफोर आउन सक्छ । यो अनुहार र शरीरमा पनि आउँछ र उपचार गर्दा निको हुन्छ । कसैकसैको हर्मोनमा खरावी भएर पनि यो रोग हुनसक्छ भने औषधिको असर र राम्रो हुने रहरले बजारबाट जथाभावी क्रिम किनेर लगाउने गर्नाले पनि मुखमा डण्डीफोर आउँछ । यसलाई निर्चोनु हुँदैन । यसो गर्दा अनुहारमा दाग बस्न सक्छ ।

बाँकी समस्या किटाणु वा ब्याक्टेरियाको संक्रमणका कारण उत्पन्न हुन्छ । घाउ पाक्ने, सुन्निने, दुख्ने र चिलाउने जस्ता कारण छालामा संक्रमण देखिन सक्छ ।
त्यसबाहेक शरीरभित्रैबाटै हुने समस्याले पनि जनै खटिरा, छालाका एलर्जी जस्ता छालाका समस्या निम्ताउँछ । मासुको सेवन, धुलो, अत्तर, अण्डा र गन्धको एलर्जीले छालामा समस्या हुन्छ । कसैलाई क्रिमकै एलर्जी हुनसक्छ । कसैलाई घाम र जाडोेको एलर्जी हुन्छ । यी समस्याको बेवास्ता गरियो भने त्यसले पछि ठूलो समस्या ल्याउन सक्छ ।
नेपालमा छालाको क्यान्सरका बिरामी कम देखिएपनि यो बढ्दो क्रममा छ । देशमा कति मानिसलाई छालाको समस्या छ भन्ने यकिन तथ्याँक उपलब्ध छैन ।
छालाको क्यान्सर धेरै कारणले हुनसक्छ । एउटा कारण भने घामबाट जलेर पनि हुन्छ । लामो समयसम्म सिधा घामको सम्र्पकमा रही काम गर्ने व्यक्तिलाई यस्तो समस्या हुन्छ ।
छाला स्याहार्ने विधि
सुन्दरता बढाउन र सामान्य ठानेर आफंै औषधि किनेर खाने, बजारमा पाइने जुनसुकै क्रिम र लोसन प्रयोग गर्ने बानी नबसाल्ने सुझाव चिकित्सकहरु दिन्छन् ।
छालाको ख्याल गर्न अनुहारमा सुहाउँदो घामबाट बचाउने सन ब्लक, सनस्क्रिन क्mिमहरु लगाउने, प्रशस्त पानी पिउने र छालालाई चिल्लो मोइस्चर बनाएर राख्ने गर्नुपर्छ । सनस्क्रिनले कति समयसम्म काम गर्छ भन्ने पनि थाहा पाउनुपर्छ । हरेक तीन घण्टाको फरकमा अनुहारको छालाको प्रकृति हेरी विशेषज्ञको सल्लाहमा सनस्क्रिम लाउनुपर्ने चिकित्सकहरु बताउँछन् ।
जाडोमा सामान्यतया छाला सुख्खा हुन्छ । जसरी शरीरलाई पानी आवश्यक हुन्छ त्यसरी नै छालालाई सुख्खा हुनबाट जोगाउन मोइस्चर दल्नुपर्छ तर, चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ ।

वि.सं.२०७४ माघ २१ आइतवार ०५:४३ मा प्रकाशित

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

चन्द्रपुर (रौतहट) । रौतहट २ मा नेपाली कांग्रेसका डा मो...

सल्यानमा नेकपाका रमेश कुमार मल्ल विजयी

सल्यानमा नेकपाका रमेश कुमार मल्ल विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल...

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी काठमाडौँ । रुकुमपश्चिममा नेपाली कम्युनिष्ट पार्टी...

भारी मतान्तरसहित झापा -५ बाट बालेन शाह प्रतिनिधिसभा सदस्यमा निर्वाचित

भारी मतान्तरसहित झापा -५ बाट बालेन शाह प्रतिनिधिसभा सदस्यमा निर्वाचित

काठमाडौं । निर्वाचनको इपि सेन्टरको रुपमा रहेको झापा क्षेत्र नं...

निर्वाचन मत परिणाम : रास्वपा ५६ क्षेत्रमा विजयी, अन्य दलको कति ?

निर्वाचन मत परिणाम : रास्वपा ५६ क्षेत्रमा विजयी, अन्य दलको कति ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी...