back
CTIZAN AD

अन्जु पन्तको ‘जिन्दगीको भर हुँदैन’ बजारमा

वि.सं.२०७४ माघ २१ आइतवार

864 

shares

 २१ माघ, काठमाडौँ । निकै प्रतिस्पर्धात्मक छ अहिलेको साङ्गितिक बजार , दिनहुुँ सयौं को संख्या मा गीतहरु बजारमा आइरहेका छन , ती मध्ये केही ले स्थान पाउँछन् भने केही हराएर जान्छन । नेपाली गीत सङ्गीत चाहे त्यो आधुनिक होस , दोहोरी होस, पप होस या अन्य आफ्नै लय अनि पहिचानमा अगाडि बढिरहेका छन । तर अहिलेको बजार अनि पुस्ता ले पक्कै पनि केहि नयाँ अनि फरक स्वाद गीत सङ्गितबाट लिन चाहान्छन् ।

बजार अनि नयाँ पुस्ताको मागलाई मध्यनजर गर्दै नेपाली दर्शक स्रोतालाइ केही फरक आभास दिने उद्देश्य का साथ प्रमोद बिश्वकर्माले ‘जिन्दगीको भर हुँदैन’ नामक विल्कुलै फरक गीत बजारमा ल्याएका छन । निकै मेहनत अनि लगानीका साथ निर्माण गरिएको गीतमा चिर परिचित नाम सबैकी प्रिय गायिका अन्जु पन्त अनि आशा लाग्दा नव गायक भक्त बिश्वकर्मा को आवाज रहेको छ भने गीतलाइ मिठा शब्द अनि संगीत ले सिंगार्ने काम पदमराज बिक ले गरेका छन ।

नेपाली गीत सङ्गितको स्तरलाइ अझै मजुबुत बनाउन यो गीतमा कुनै कम्प्रोमाइज नगरिएकोले र अलि फरक गीत भएकोले गीत सबैले मन पराउने निर्माता प्रमोद बिश्वकर्माले बिश्वास ब्यक्त गरेका छन् । चार जना उत्कृष्ट मोडल चन्दा दाहाल, अन्जली अधिकारि, रिना थापा मगर ,करिश्मा ढकाल र शंकर बिसि को अभिनय रहेको उक्त गीतमा शंकर बिसिको निर्देशन , दुर्गा पौडेल को छायांकन र नवीन घर्ती मगरको सम्पादन रहेको छ ।

वि.सं.२०७४ माघ २१ आइतवार ०५:५० मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...