back
CTIZAN AD

सभामुख पदमा एमालेका सांसद थापा एक्ला उम्मेदवार

वि.सं.२०७४ माघ २७ शनिवार

810 

shares

२७ माघ, धनगढी । प्रदेश नम्बर ७ को प्रदेशसभाको सभामुख पदमा बझाङबाट निर्वाचित एमालेका सांसद अर्जुन थापाको मात्र उम्मेदवारी परेको छ ।

शनिबार दिउँसो २ बजेदेखि ५ बजेसम्म सभामुख पदको प्रस्ताव दर्ता गराउनुपर्ने निर्वाचन कार्यतालिकाबमोजिम सो पदका लागि सांसद थापाको मात्रै उम्मेदवारी दर्ता भएको प्रदेश सचिवालयका सचिव मुरारी महतले जानकारी दिए ।

सभामुखमा थापाको उम्मेदवारीको प्रस्तावकमा एमालेका सांसद दीर्घबहादुर सोडारी र समर्थकमा नेकपा (माओवादी केन्द्र)का सांसद् त्रिलोचन भट्ट रहेका छन् । सभामुखमा थापाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका छन् ।

यद्यपी औपचारिक रुपमा यसको घोषणा भने यही माघ २९ मा हुने प्रदेशसभाको दोस्रो बैठकबाट गरिनेछ ।

निर्वाचन कार्यतालिका अनुसार माघ २८ गते दर्ता भएको प्रस्तावमाथि दाबी विरोध गर्ने र दर्ता भएको उम्मेदवारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने, र माघ २९ गते बस्ने प्रदेशसभाको बैठकमा दर्ता भएको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

एमाले संसदीय दलको बैठकले सर्वसम्मत रुपमा प्रदेशसभा सांसद थापालाई प्रदेश सभाको सभामुखमा उठाउने निर्णय गरेको थियो ।

एमाले र नेकपा (माओवादी केन्द्र) बीचको सहमतिअनुसार यो प्रदेशको मुख्य मन्त्रीमा माओवादी केन्द्र, सभामुख पद एमाले र उपसभामुख पद माओवादी केन्द्रले लिनेछन् ।

संसदीय दलको नेताका आकांक्षी :

७ नंं प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको नेकपा (एमाले)मा संसदीय दलको नेताका आकाँक्षीमा चारजना देखिएका छन् ।

एमाले कैलालीका अध्यक्ष एवं प्रदेशसभा सांसद दीर्घ सोडारी, बाजुराका प्रकाश शाह, डडेलधुराका पठानसिं बोहरा, कञ्चनपुरका तारालामा तामाङ संसदीय दलको नेताका लागि दौडधुपमा छन् ।

माओवादी केन्द्रले भने प्रदेशको मुख्य मन्त्रीमा प्रस्ताव गरिएका डोटीका सांसद त्रिलोचन भट्टलाई संसदीय दलको नेता चयन गरिसकेको छ ।

तेस्रो ठूलो दल नेपाली कांग्रेसमा संसदीय दलको नेताका लागि कैलालीबाट निर्वाचित डा रणबहादुर रावल, डडेलधुराबाट निर्वाचित कर्णबहादुर मल्ल र डोटीका भरतबहादुर खड्काको नाम चर्चामा छ ।

कूल ५३ सांसद रहेको यो प्रदेशसभामा एमालेका २५, माओवादी केन्द्रका १४, कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसद छन् । (रासस)

वि.सं.२०७४ माघ २७ शनिवार १३:३५ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...