back
CTIZAN AD

किशोरीको शव निकालियो, उद्धारकर्ता नै घाइते

वि.सं.२०७४ माघ २७ शनिवार

813 

shares

 

२७ माघ,मलेखु, धादिङ । शनिबार बिहान धादिङको सलाङघाटमा भएको दुर्घटनामा थप एक किशोरीको शव निकालिएको छ ।

सिँचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव चढेको जिप दुर्घटना हुँदा हराइरहेकी १६ वर्षीया युवती उन्नती गुप्ताको शव जिपभित्रबाट निकालिएको इलाका प्रहरी कार्यालय, गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिए ।

टुचिनको सहायताले निकालिएको जिपभित्र किशोरीको शव भेटिएको थियो ।

सशस्त्र प्रहरी, कुरिनटारबाट गोताखोरको टोलीले पानीभित्र पसेर शब निकाल्ने र गाडी बाँध्ने काम गरिरहेका बेला उद्धारमा खटिएका ससस्त्र प्रहरीका हवल्दार तारानाथ चपाँई गम्भीर घाइते भएका थिए । उनलाई अन्य गोताखोरको टोलीले उद्धार गरी सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौँ स्थित नेपाली सेनाको अस्पतालमा लगिएको प्रहरी निरिक्षक तिमल्सिनाले बताए ।

सिँचाइ मन्त्रालयका सचिव यादव उनको घर कपिलवस्तुबाट छोरीको विवाहको टुंगो गरेर मन्त्रालय फर्किने क्रममा आफैँले हाँकेको बा २ झ ३१४० नं को जीप धादिङको बेनिघाट रोराङ गाउँपालिका–३, सलाङघाटमा सडकबाट त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा सचिव यादवको मृत्युभएकोमा उनको शव विहानै निकालिएको थियो । दुर्घटनामा यादवका छोरा २२ वर्षीय सन्तोष अझै बेपत्ता छन् । (रासस)

वि.सं.२०७४ माघ २७ शनिवार १३:३९ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...