back
CTIZAN AD

हात्तीको आक्रमणबाट दुईको मृत्यु

वि.सं.२०७४ फागुन २ बुधवार

810 

shares

२ फागुन,राजविराज । सप्तरी कंचनपुरस्थित कोशी टप्पुमा हात्तीको आक्रमणबाट मंगलबार दुईजना महिलाको मृत्यु भएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट एक्कासि निस्केको हात्तीले आक्रमण गर्दा कंचनरुप नगरपालिका–५ की ३७ वर्षीया मञ्जु साह र ४५ वर्षीया दुर्गीदेवी मुखियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।

घाँस, दाउरा खोज्न आरक्षतर्फ जाँदै गर्दा उनीहरुलाई जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाइएको छ । हात्तीले उनीहरुमाथि पछाडिबाट आक्रमण गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । उनीहरुसँगै जाँदै गरेकी बुधनीदेवी सदा भने भाग्न सफल भएकी छन् ।

सो क्षेत्रमा दैनिक हात्ती आतंक बढ्दा स्थानीयवासी डरले रातभरि जाग्राम बस्नुपर्ने बाध्यता रहेको जनाएको छ ।

वि.सं.२०७४ फागुन २ बुधवार ०३:४९ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...