तिमी जिन्दगी हौ या जिन्दगी नै तिमी हाै ?
कसैले भन्दिए हुन्थ्यो
तिमी बन्दगी हौ या बन्दगी नै तिमी हौ ?
कसैले भन्दिए हुन्थ्यो
तिमी सफर हौ या हमसफर नै तिमी हाै ?
कसैले भन्दिए हुन्थ्यो
तिमी नजर हौ या नजारा नै तिमी हौ ?
कसैले भन्दिए हुन्थ्यो
तिमी गोरेटो हौ या गन्तव्य नै तिमी हौ ?
कसैले भन्दिए हुन्थ्यो
तिमी खुसी हौ या खुसी नै तिमी हौ ?
कसैले भन्दिए हुन्थ्यो
तिमी जुनी हौ या जुनी-जुनी तिमीसितै हौ ?
कसैले भन्दिए हुन्थ्यो
उनीसितैको प्रणयमा, प्रणय दिवसमा,
यी हरफहरु कोरिए
कसैले उनलाई भन्दिए हुन्थ्यो
वि.सं.२०७४ फागुन २ बुधवार ०२:५२ मा प्रकाशित






























