back
CTIZAN AD

कविता : भोलि उस्तै यिनै हुन्छन्

वि.सं.२०८२ चैत २८ शनिवार

330 

shares

 कलानिधि दाहाल
रातोपुल , काठमाडौँ

म लेखूँ जिन्दगानी यो नदेख्ने जिन्दगी सब
छँदै छ देखिने सामु लेखिनेमा छ गौरव ।
पालुवा बोट देखिन्छन् कहाँ खै उम्रिने बिउ
नाम तन हुँदै ह्वैनन् सच्चाइभित्रका जिउ ।।

नुहेको फलको हाँगो आँखामै हुन्छ लड्किने
विश्वास यसमै गर्दा मन यो हुन्छ भड्किने ।
चर्मका बाहिरी खेल क्षणका क्षण तस्बिर
सर्वस्व तनका ठान्ने मान्छे हुन् जडका घर ।।

यिनै बाहिर उफ्रिन्छन् मोजका भोज खोज्दछन्
ज्वाला बाली यिनै उग्र आगो यो दृश्य झोस्दछन् ।
सभ्यता बाल्दछन् मत्त उन्मत्त माद छर्दछन्
भ्रष्ट सत्ता पुगे छेउ छाउमा मक्ख पर्दछन् ।।

भट्टी निरीहका जाँड बेचुवाका घडा जल
आगोबाट पुगे कुर्सी ठान्छन् शीतल शीतल ।
हिजो यसै गरी आए फालिएका सबै कुरा
थिए छिचिमिरा अस्ति अहिले छन् तिनै भुरा ।।

भोलि उस्तै यिनै हुन्छन् राज्यको हुन्न यो भर
उन्मादीहरूको अग्लो राज्य हो दरिलो चर ।
मृत्युका मुखमा हात केश सेता हुने पनि
बहानाभित्र घुम्दै छन् जस्तै पत्थर जीवनी ।।

केटाकेटी सबै उस्तै गर्छन् नाटक छन् नयाँ
बिस्तारै गति हो उस्तै रछानका हुने बियाँ ।
लोभलालसका घेरा फेरा बेर्छन् अझै बढी
फर्सी छन् कुहिने चाँडै अहिलेका सिँढी चढी ।।

सत्ता नै हुन्छ पाखन्ड जो जता बस्न पुग्दछन्
भ्रष्टका भाङका भात पाउमा सब घस्दछन् ।
जब लाग्छ यता आगो टुकुचा यी गनाउँछन्
गजक्क उक्लिने हुन्छन् ओर्लिने गन्गनाउँछन् ।।

सत्ता खोज सबै उस्तै भिखारी भ्रष्ट पामर
त्यता लाग्ने कसैलाई नठान्नु सत्य सुन्दर ।
चाकरका सबै लाम राज्य नोकरका घडा
छोएझैँ सिस्नु उफ्रिन्छन् ठान्छन् सान बडाबडा ।।

तर मानिसमा पर्ने मान्छेको मन आकृति
सत्ता सोच हुँदै हुन्नन् भए असलका मति ।
डाहका मोहले मात्र खोज्दछन् यी धुरा छुन
चोरस्वर बनी चौडा भेडाका भिडमा हुन ।।

छन्द : अनुष्टुप्

वि.सं.२०८२ चैत २८ शनिवार ०८:२३ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...