back
CTIZAN AD

मुक्तक

वि.सं.२०८२ चैत २८ शनिवार

471 

shares

दाहाल कल्पना,रातोपुल

१।
बैँसमै लाग्यौ दूर बहाना मेरा चाहना मेट्न
समय त तेत्ती भएको थिएन थाल्यौ पराई भेट्न
मलाई त डर छैन सही बाटोमा हिँडेको छु
जसलाई आफ्नो ठान्यौ उसैले थाल्छ लखेट्न ।

२।
मन बगिरहेको छ पुर्‍याउँछ भावना
ननिँदाएर पनि मिठो देखाउँछ सपना
जिन्दगी त नाट्य मञ्चको नाटक रहेछ
देख्नु न सोच्नुका बढिरहन्छन चाहना ।

३।
न त समात्न सकेँ न त त्याग्न सकेँ
न त त्यो पीडा कष्टबाट भाग्न सकेँ
यस्तो छ गति मेरो एकोहोरोमा तैपनि
दोहोरो भाव खै भगवान्‌सँग माग्न सकेँ ।

४।
तल्लीन भएर मलिन अनुहारले हेरे पनि
सपनाबिपना जपतप अँगालोले बेरे पनि
तिम्रो नसा नसा हेरिसकेँ फरक पर्दैन अब
बाटो घाटो शहर गल्ती चारैतिर घेरे पनि ।

५।
गर्न त गर्छन् नजिकै आएर ज्ञानगुनका कुरा छर्छन्
बाहिर जेसुकै होस् भित्रभित्रै कैँची अनि छुरा धर्छन्
कुरै त हो नि सम्धी भन्नुहुन्थ्यो जेठाबाले सम्झाउँदै
आपतमा चिनिने हो आफ्ना को अपूरा अधुरा गर्छन् ।

वि.सं.२०८२ चैत २८ शनिवार ०८:२५ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...