back
CTIZAN AD

अबको २० बर्ष भित्र हाम्रो गाउँ/नगरपालिका कस्तो बनाउने ?

वि.सं.२०७४ फागुन २ बुधवार

867 

shares

संसारका सम्मुन्नत राष्ट्रहरुको विकासक्रम अध्ययन ग¥यौं भने सबै किसिमको राजनीतिक विचारधाराहरु राजतन्त्र, बहुदलीय प्रजातन्त्र, गणतन्त्र एवम् आर्थिक मोडेलहरुः पूँजीवादी, समाजबादी, साम्यवादी आ–आफ्नो ठाउँमा सफल भएका छन्। सफलताको कडी भने केवल राष्ट्रिय नेतृत्व (वास्तविक राजनेता) को राष्ट्र निर्माण प्रतिको अत्यावश्यक त्रिगुण चाहना, क्षमता र तत्परता हो । जसलाई कसी लगाउने थप द्वीगुण ईमान्दारिता र नैतिकता जरुरी हुन्छन् भन्ने कुरा प्रष्ट भएको छ । अरुले बनाइदिएर होइन, आफैँले श्रोत जुटाएर आफ्नै पुस्तामा फड्को मारेका उदाहरण विश्वका कयौँ मुलुक र राज नेताहरु जस्तैदक्षिण अफ्रीका (नेल्सन मन्डेला) कोरीया (पार्क चुंग ही), सिंगापुर (लि क्वांग यु), मलेसिया (डा महाथीर मोहम्मद), संयुक्त अरब ईमिरेटस्(शेख जायेद बिन सुल्तान), चीन (माओत्सेतुंग), आदि थुप्रै थुप्रै उदाहरण हाम्रा सामु प्रमाणका रुपमा विद्यमान छन्।

भनिन्छ, आज सिंहदरवारको अधिकार हाम्रै नगररगाउँमा झरेको छघ तर पनि यति प्राकृतिक श्रोत र सुन्दरताले धनी हाम्रो देशको गाउँरटोल अवसर हीन, युवा बिहीन, अनि रित्तो रित्तो हुँदै जाने क्रम बढी रहेको छ । खेत बारी बाँझो बाँझो हुदैछ भने हाम्रा नगरहरु अब्यवस्थित, भिडभाड, कोलाहल, अभाव, फोहोर, अस्तव्यस्त, आयातीत न्यून गुणस्तरका बस्तुको उपभोग र पर निर्भर अर्थतन्त्रमा जीवन गुजारा गर्नु परेको यथार्थ छ । नेपालमा अझै पनि अधिकांश बसोबास र आर्थिक मेरुदण्ड ग्रामीण क्षेत्रमा नै भएको अवस्था छ । नेपालको भूराजनैतिक अवस्थिति, आर्थिक श्रोत र सम्भाव्यताको दृष्टिकोणले पनि ग्रामिण क्षेत्र धेरै महत्वपुर्ण छ ।

यस परिप्रेक्षमा जब सम्म हाम्रो आफ्नै मौलिक पद्दति मार्फत ग्रामिण क्षेत्रको पर्याप्त विकास हुदैन तब सम्म समग्र नेपालको विकासद्ध सम्भव छैन । हाम्रो देशको अर्थतन्त्र बैदेशिक सहायता र विप्रेषण (Remittance) मा निर्भर रहेको रहेको कुरामा दुई मत छैन । छ बिदेशी पुंजीमा निर्भर राज्य र विदेशको पैसामा निर्भर समाज कमजोर एवम्कुनै पनि बेला धराशायी हुन्छ । समाजिक सोचमा सकारात्मक परिवर्तन, विवेकशीलता जागरण र उद्यमी समाज निर्माण गरेर आफैं सबल नभई हामीले समुन्नत नेपालको परिकल्पना गर्नु बेकार छ । युरोप, अमेरिका, कोरिया, अरब, अष्ट्रेलिया, जापान अफ्रिका या अन्य कुनै पनि देशको मोडेल नेपालमा प्रयोग गर्न खोजेर पनि सम्मुनत नेपाल प्राप्त गर्न ब्यबहारीक नहुन सक्छन किनकि अन्य देशको भौगोलिक वस्तुस्थिति, प्राकृतिक श्रोतरसम्पदा, मानबीय प्रवृत्ति, सामाजिक संस्कार तथा बनावट, उपभोग प्रवृत्ति, भू–राजनैतिक परिस्थिति, आर्थिक संरचना, प्राविधिक एवं विविध पक्षहरु फरक फरक हुन्छन् । दीगो र सम्मुन्नत नेपालको निर्माण नेपाली आफैंले, आफ्नै प्रयासबाट र हाम्रो आफ्नै स्थानीय मौलिक विशेषता बोकेको विकास मोडेलद्वारा मात्र सम्भव छ, अन्यथा कोही पनि भ्रममा नपर्नु बुद्धिमानी हुन्छ ।

कुनै पनि देश समृद्ध हुनुको पछाडि औद्यिगीकरण हुनु नितान्त जरुरी छ । हाम्रो नेपालको बृहत आर्थिक सूचकहरु एवम् सामाजिक–आर्थिक (Socio–economic) वस्तुस्थिति अध्ययन गर्दा केही पृथक धारबाट अगाडि बढ्नु पर्ने अवस्था देखिन्छ । छरिएर रहेको निर्वाहमुखी अर्थतन्त्रलाई बृहत उत्पादन, उपभोग, विनिमय र वितरण (Mass production, consumption, exchange and distribution) सिर्जना गरेर अर्थतन्त्रको दीगो विकास गर्नु जरुरी छ । अधिकांश विद्यमान नेपाली उद्यमीहरू आधुनिक बिश्व आर्थिक प्रतिस्पर्धामा दौडन सक्ने अवस्थामा छैनौं । हाम्रो निर्वाह मुखी अर्थतन्त्रलाई कम्तिमा भौतिक पूर्वाधार पुर्याउन र साधन तथा श्रोतमा पहुँच नपुग्नेहरुलाई राज्यले हात नफिंजाई (hands on) अर्थतन्त्रले गति लिन सक्ने अवस्था छैन । यद्यपी पूर्ण रुपमा राज्यको नियन्त्रणबाट अबको अर्थतन्त्रलाई चलाउनु उचित हुदैन, निजीक्षेत्रलाई सम्भव भएसम्म सशक्त (Activate) गर्न सरकारको हात खुकुलो (hands off) गर्नु पनि अनिवार्य छ । पुँजीबाद अथवा साम्यवादको सैद्धान्तिक धारबाट बाहिर निस्केर मुलुकमा प्रभावकारी भूमिका खेल्न सक्ने सरोकारवालाहरुको सक्रिय सहभागितामा सामाजिक उद्यमशीलता लिएर अर्थव्यवस्थामा गति लिनु जरुरी हुन्छ । राज्यले आर्थिक एबम सामाजिक रुपमा पछाडि परेको क्षेत्रमा र नीजि क्षेत्रले लगानी गर्न नसक्ने ठाउँमा लगानी गरी निजि क्षेत्रलाई ससक्त बनाउन विशेष भूमिका निर्वाह गर्नु पर्छ । परिस्थिति अनुसार राज्यको हात कसिलो र खुकुलो बनाई अर्थव्यवस्थालाई निश्चित गति दिनु जरुरी छ । परिस्थिति अनुसार सरकारले (Public), सर्वसाधारणले (People) तथा संयुक्त (Public Private Partnership)  लगानीमा सामाजिक उद्यमशीलता (social enterpreneurship)  लिएर बिस्तारै बिस्तारै निर्वाहमुखीबाट दीगो (subsistance economy to sustainable) आर्थिक रुपान्तरण गरी औद्योगिकरण गर्नु आजको आवश्यकता हो।

एकातर्फ, हाम्रो गाउँरनगरमा न त प्रभावकारी आर्थिक कृयाकलाप छ, न त दक्ष जनशक्तिस नप्रशिक्षण, न रोजगारी, न त उद्यमशीलता नै छ, न त कुनै पद्धति नै विकास गरिएको छ । अर्को तर्फ, राजनीतिमा नेतृत्व गर्नेहरुको समेत न त आफ्नै कुनै निश्चित पेशा छ, न आफ्नो ईलाकामा के को निमित्त कसरी नेतृत्व गर्ने भन्ने प्रष्ट दृष्टिकोण छ, न त आवश्यक शैक्षिक एवं व्यावसायिक दक्षता छ, न त आफ्ना दलका सदस्यहरुको निमित्त कुनै रोजीरोटीको बन्दोबस्त गर्ने आधार नै छ, सर्वसाधारण त परै जाओस । अर्को पक्ष, प्रत्येक सेकेन्ड सेकेन्डमा यो गतिशील संसार परिवर्तन भइरहेकोछ अनि सोहि गतिमा अहिलेको नयाँ पुस्ता पल–पलको परिवर्तन संगसंगै अद्यावधिकरअपडेट भई रहेको छ । हामीलाई यो गतिशील पुस्ताको समाजलाई आर्थिक, सामाजिक, राजनैतिक र वातावारणीय पक्षमा दीगो रुपमा संचालन र व्यवस्थापन गर्न सक्ने राजनीतिक र प्रशासनिक नेतृत्व चाहिएको हो, न कि केवल कुनै राजनीतिक पार्टीको झन्डा बोक्ने र पृष्ठपोषण गर्ने नेता अनि जागिरे। अबको पुस्ताले बुझेको यथार्थ स् भावना, कोरा सिद्दान्त र आदर्शले राष्ट्रको उन्नति सम्भव छैन । संसारमा विज्ञानले कल्पना नै नगरेको फड्को मारिसकेको छ । एउटा घरको कोठामा बसेर संसारको हरेक व्यक्तिको कम्प्युटर र हात हातको मोबाईलबाट हाम्रा सम्पूर्ण क्रियाकलाप नियमन र नियन्त्रण गर्न बिज्ञान सक्षम भै सकेको छ । संसार नियन्त्रण गर्न एउटा बटन प्रयाप्त भै सकेको छ । हामीले पनि अब त बैज्ञानिक, प्राविधिक, आर्थिक र सामाजिक आँखाहरु खोल्नै पर्छ । त्यसैले अब हामी पनि उच्च प्रविधिको सफ्टवयर र अन्य पद्दती प्रयोग गरेर अर्थतन्त्र, प्रशासन र राजनीतिमा निजीरव्यक्तिगत प्रभावलाई निस्तेज गर्ने संयन्त्र स्थापित गर्नै पर्छ । संसारमा प्रतिपादित नयाँ नयाँ प्रबिधि भित्र्याऔँ, व्यवस्थापन गरौँ र उन्नत पद्दति मार्फत हरेक क्षेत्रमा विकासको ढोका खोलौं । बदलिँदो विश्व परिस्थितिसँग समन्वय गर्दै देशलाई समृद्धिको मार्गमा लैजान न बन्दहड्ताल, न टायर बल्नु, न त हतियार नै उठाउनु न त गोला बारुद नै पड्काउनु जरुरी छस केवल ज्ञान, बुद्धि, बिबेक अनि संयमता लगाएर काम गर्ने समाज स्थापित गर्नु, अरुको भर पर्ने र बिना परिश्रम नव धनाड्य बन्नचाहने विद्यमान विकृत संस्कार बदल्नु, आधुनिक प्रणाली बसाल्नु, अनि जबाफदेहि र जिम्मेवार प्रशासनिकरराजनितिक नेतृत्व निर्माण गर्नु हाम्रो दायित्व हो । अबको रुपान्तरण रिभोल्युसन होइन इभोल्युसन गर्ने हो। तँ र म अनि तेरो र मेरो वाद, जात र भागलाई बिर्सेर हामीरहाम्रो पुस्ता, समाज र देशलाई उन्नती गर्न नयाँ ढंगले काम गरौँ ।

राष्ट्रले ठूलो मूल्य चुकाएर राजनैभतक एबम प्रशासभनक संरचनात्मक पररवतषन गरेको छ र नेपाली सरकारले समृद्द नेपाल निर्माणका निर्माणको निमित्त तथा नेपालको संविधानका प्रावधानहरु , दीगो विकासका लक्ष्यहरु (२०१५-२०३०), अल्पविकसित राष्ट्रको सुचीबाट विकासशिल राष्ट्रमा लैजाने सम्बन्धी इस्तानबुल कार्ययोजना २०११, दभिण एशियाली विकास लक्ष्य तथा नेपालको आवभधक योजनाहरुका लक्षित उपिब्धिहरु हाभसि गनर्न विभिन्न न्न सरकारी संयन्त्र एवम संरचनाहरु, जस्तै : विभिन्न आयोग, मन्त्रधालय विभागका साथै केन्द्र देखि स्थानीय तह सम्मका नीभगित तथा सेवा कार्यालयहरु स्थापना गरेर सार्वजनिक सेवा, विकास विकास निर्माण र उयमशमशीलताको निमिक्त आधारशीला खडा गरेको छ । र ती आधारशीलाहरुको विवेकशिल ढंगबाट प्रभावकारी सञ्चालन, कायाृन्वय र उपलब्धि हासिल गने जिम्मेवारी हामी सचेत नागष्रकको हो, हामी समृद्द नेपान निर्माणका अभियन्ताहरुको दाभयत्व हो । अरु कसैले गरिदेला कि या समृद्ध नेपाल कुनै दिन आफैं होला कि भन्दा भन्दै संसारले स्वरूप बदल्दा हामी जहीं को तहीं छोडीयौं । अरुको होइन, बास्तबमा काम गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ । अब एक सेकेन्ड पनि ढिलो गर्नु हुदैन। त्यसैले अगाडि बढौं, संसारको जुन कुनामा छौं, त्यहाँ बाट आऔँ, जे क्षमता छ त्यो लिएर अगाडी हिडौँ, जे क्षमता छ त्यो लिएर अगाडी सरौँ ।

अब हामीले नगरे अरु कसैले पनि हाम्रो लागि गरि दिंदैन । हिम्मत र उर्जालिएर एकजुट भएर अगाडि बढौं, भोली होइन, भरे होइन, अहिल्यै हाम्रो राष्ट्र निर्माणको जिम्मेवारी बोकौँ र काम थालौं – अबस्य हामी पनि शान्त र समृद्ध बन्न सक्छौं, हाम्रै यहि जिवनमा । हाम्रो विवेकको सकेसम्म सकारात्मक अन्तर दृष्टि खोलौं र कर्म गरौँ । नेपाललाई एक सम्पन्न मुलुकको सूचीमा सुचिकृत गरेर मात्र मरौं ।

क्रमशः

वि.सं.२०७४ फागुन २ बुधवार ०६:३० मा प्रकाशित