back
CTIZAN AD

बाह्रौँ पाल्पा महोत्सव सुरु, के–के छन त महोत्सवका आकर्षण

वि.सं.२०७४ फागुन ४ शुक्रवार

1.2K 

shares

४ फागुन, रामपुर, पाल्पा । तानसेनमा विहिबार देखि ‘१२ औँ पाल्पा महोत्सव तथा व्यापार मेला’ शुरु भएको छ ।

‘पाल्पामा कृषि, पर्यटन, उद्योग र व्यापार, अवसर र सम्भावना छ अपार’ नाराका साथ विहिबारदेखि शुरु भएको उक्त महोत्सव आउँदो फागुन १३ गतेसम्म चल्नेछ ।

पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनमा शुरु भएको मेलामा ४०० व्यापारिक कक्ष रहेको छ । मेला अवधिभर रु दश करोड बराबरको कारोबार गर्ने तथा करिब तीन लाख दर्शक भित्र्याउने अपेक्षा रहेको मूल आयोजक समितिका संयोजक तथा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताए ।

महोत्सवमा उठेको रकममध्ये केही रकमले पाल्पाको पर्यटन क्षेत्रको विकास सँगसँगै टुँडिखेलको स्तरोन्नतिका लागि खर्च गर्ने लक्ष्य राखिएको उनले बताए । यस वर्षको मेलामा विगतको भन्दा फरक किसिमको व्यवस्था रहेको संघले जनाएको छ । स्थानीय खानाको परिकार, बाल उद्यान, कर्णेल उजुरसिंह थापाको पूर्णकदको सालिक, लोकसंस्कृति झल्कने गीत तथा नृत्यको महोत्सवमा प्रस्तुति रहने संघले जनाएको छ ।

प्रचारप्रसार कार्यक्रम व्यवस्थापन उपसमिति संयोजक विष्णुमान बज्राचार्यका अनुसार पाल्पाको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक, पर्यटकीयस्थलको प्रचारप्रसार, घरेलु तथा कुटिर उद्योग प्रवद्र्धन, कला संस्कृतिको संरक्षण र संघको बहुउद्देश्यीय भवन निर्माणका लागि महोत्सव आयोजना गरिएको हो । महोत्सवमा पाल्पालाई झल्काउने फोटो प्रदर्शनी धार्मिक तथा ऐतिहासिकस्थलको परिचय, काष्ठकला, स्थानीय घरेलु तथा कुटिर उद्योग, टर्की चरा, उँट, अस्ट्रिज चरा, भूकम्प प्रतिरोधी घर निर्माणको प्रदर्शनी, कृषि तथा वन्यजन्तु उत्पादनको प्रदर्शनी तथा बिक्री कक्ष राखिएको छ ।

वि.सं.२०७४ फागुन ४ शुक्रवार ०३:१९ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...