नेपालको ४१ औँ प्रधानमन्त्री बनेका नेकपा एमालेका अध्यक्ष खड्कप्रसाद (केपी) ओलिलाई दक्षिण पूर्बी अमेरिकी राज्यहरूमा बसोबास गर्ने नेपालीहरूको साझा संगठन नेपालिज् एसोसियसन ईन साउथईष्ट अमेरिका (नासा) ले बधाई दिएको छ । नासाका अध्यक्ष माधव ढकाल तथा महसचिव कृष्ण श्रेष्ठले संयुक्त रुपमा प्रेस वक्तव्य जारी गरी प्रधानमन्त्री ओलिलाई बधाई दिएका हुन् ।
वक्तव्यमा नेपाली जनताले चाहे जस्तै शान्ति, भ्रष्टाचार रहितको सुशासन, राष्ट्रको आर्थिक बिकाश र समग्रमा सिंगो नेपाल संबृद्धशाली राष्ट्र बनाउन तपाईको नेतृत्वमा बन्ने सरकार सफल रहोस्’ भनिएको छ ।
‘दक्षिण पूर्बी अमेरिकी राज्यहरूमा बसोबास गर्ने नेपालीहरूको साझा संगठन नेपालिज् एसोसियसन ईन साउथईष्ट अमेरिका ( NASeA) तर्फ बाट नेपाली जनताले चाहे जस्तै शान्ति, भ्रष्टाचार रहितको सुशासन, राष्ट्रको आर्थिक बिकाश र समग्रमा सिंगो नेपाल संबृद्धशाली राष्ट्र बनाउन तपाईको नेतृत्वमा बन्ने सरकार सफल रहोस् भन्ने शुभकामना सहित हामी हार्दीक बधाई ब्यक्त गर्न चाहान्छौं’ वक्तव्यमा भनिएको छ ।
नासाले मातृराष्ट्र नेपालको लागि बिदेशमा रहेका नेपालीहरूको नाताले सबै खाले दैबी प्रकोपको समयमा र अन्य सुखद एबं दुखद दुबै बेला नेपालको लागि प्रतक्ष्य र परोक्ष रूपमा सहयोग गर्दै आईरहेको ज्वलन्त उदाहरणहरूको स्मरण गर्दै आगामी दिनहरूमा पनि अझ उच्च मनोबल ,जोश र उर्जाको साथ आफ्नो सांगठानिक क्षेत्राधिकार र सिमितताको परिधी भित्र रहि आफ्नो साधन, श्रोत र क्षमताले भ्याए सम्म सहयोग गर्न हरपल तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
वि.सं.२०७४ फागुन ४ शुक्रवार ०३:२९ मा प्रकाशित


























