back
CTIZAN AD

यहाँका ८० प्रतिशत युवा वैदेशिक रोजगारीमा,स्थानीय भन्छन् -गाउँको मुहार फेरियो

वि.सं.२०७४ फागुन ४ शुक्रवार

669 

shares

४ फागुन, सिमरा । मुलुकमा बढ्दो बेरोजगारीको कारण बाराको सिंगो गाउँको ८० प्रतिशत युवा वैदेशिक रोजगारीमा गएका छन् ।

जितपुर सिमरा उपमहानगरपालिका–२४ हरपुर गाउँका ८० प्रतिशत युवा वैदेशिक रोजगारीमा गएका छन् ।

यादव र मुस्लिमको बसोबास रहेको हरपुरका युवा वैदेशिक रोजगारीमा छन् । उनीहरू वैदेशिक रोजगारीको शिलशिलामा मलेशिया, कतार, दुबई, ओमान, साउदी अरबलगायत मुलुकमा रोजगारीमा रहेका छन् ।

सामान्य लेखपढ गरी कमाउँदै आएको रकमबाट घर खर्चसमेत चलाउन धौधौ परिरहेको बेला गाँउका युवा विस्तारै विदेशिने क्रम बढेको छ । यहाँको कमाइले छाक टार्न धौधौ पर्न थालेपछि युवा विदेशिने क्रम बढेको हो । दुई दशक पहिला बसोबास गर्नेकोे अवस्था निकै दयनीय थियो । गाउँमा स–साना कच्ची घरमात्र थिए ।

“पहिलापहिला गउँमा एउटा÷दुईवटा पक्की घर थिए, अहिले गाउँमा पक्की नै पक्की घर देख्न पाइन्छ,” स्थानीयवासी गीता थापाले भनिन् । चार सय ७० घरधुरी रहेको हरपुरका युवा विदेशमा श्रमगरी पर्याप्त कमाइ गर्न थालेपछि गाउँको मुहारै फेरिन थालेको छ । गाउँको प्रत्येक घरमा एक जनादेखि पाँच जनासम्म विदेशमा गई श्रम गरिरहेका छन् ।

विदेशको कमाइबाट गाउँका युवाले साना तथा ठूला सवारीका साधन समेत जोडिसकेका छन् । विदेशको कमाइले स्थानीयवासीले जग्गा जमिन जोड्दै छोराछोरीलाई महँगो शुल्क तिरेर निजी विद्यालयमा पढाउन थालेका छन् ।

“छ वटा छोरामध्ये चार छोरा विदेशमा श्रम गरिरहेका छन्,” स्थानीयवासी करिसन खातुनले भनिन् ।

गाउँको ६०० भन्दा बढी युवा विदेशमा गई श्रम गरेपछि मासिक रु ५० लाखभन्दा बढी रकम भित्रिने गरेको वडा नं २४ वडाध्यक्ष इलियास अन्सारीले बताए ।

वि.सं.२०७४ फागुन ४ शुक्रवार ०३:३१ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...