back
CTIZAN AD

सुरु भयो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी, ११ देशका १२० वढी स्टल

वि.सं.२०७४ फागुन ४ शुक्रवार

720 

shares

४ फागुन, काठमाडौँ । कृषि यान्त्रिकीकरणमा सहयोग पु¥याउने उद्देश्यले विहिबारदेखि आइतबारसम्म काठमाडौँको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको आयोजना गरिएको छ ।

प्रदर्शनीमा नेपाल, भारत, मलेशिया, चीन, ताइवान, इटाली, इजराइल, बंगलादेश, जर्मनी, बेलजियम र नेदरल्याण्डसका १२० प्रदर्शनी कक्ष रहेका छन् ।

प्रदर्शनीमा आधुनिक कृषियन्त्र तथा उपकरण आधुनिक खेती प्रणाली, डेरी उद्योग, मत्स्यपालन, पोल्ट्री उद्योग एवं पशुपालनसम्बन्धी विभिन्न उपकरण बिक्रीमा राखिएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मिडिया स्पेश सोलुसन्स प्रालि, अन्तर्राष्ट्रिय ट्र्याक्टर लिमिटेड (सोनालिका), महेन्द्रा कम्पनी, पोशकदाना, नेपाल पोल्ट्री महासंघ, कृषिउद्यम केन्द्र–नेपाल, उद्योग वाणिज्य महासंघ तथा नेपाल कृषि सहकारी केन्द्रीय महासंघको संयुक्त आयोजनामा सो प्रदर्शनी शुरु भएको हो ।

कृषिकर्मलाई सहज र किफायती बनाउन अवलोकन निःशुल्क गरिएको छ । प्रदर्शनीमा साना औजार, मेशिनदेखि कृषि, डेरी तथा पशुपक्षीपालन उद्योगमा प्रयोग हुने ठूला उपकरणको प्रदर्शनीसमेत गरिएको छ ।

प्रदर्शनीका साथमा कृषि, पशुपालन, माछापालन, कुखुरापालनलगायत विषयमा विभिन्न विज्ञबाट प्राविधिक गोष्ठीसमेत आयोजना गरिने कार्यक्रम छ । प्रदर्शनीको उद्घाटन कृषि विकास मन्त्रालयका कार्यवहाक सचिव ईश्वरीप्रसाद रिजालले गरेका हुन् ।

वि.सं.२०७४ फागुन ४ शुक्रवार ०३:३६ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...