back
CTIZAN AD

तीव्रताका साथ काम गर्न सभामुख अधिकारीको निर्देशन

वि.सं.२०७४ फागुन ४ शुक्रवार

750 

shares


४ फागुन, पोखरा  । प्रदेश नं ४ सभाका सभामुख नेत्रनाथ अधिकारीले सबैले मिलेर यस प्रदेशलाई नमूना प्रदेशका रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै तीव्र गतिमा काम गर्न प्रदेशसभा सचिवालयका कर्मचारीलाई निर्देशन दिएका छन् ।

प्रदेश प्रमुख बाबुराम कुँवरबाट सभामुखको पद तथा गोपनीयताको शपथ लिएपछि पदबहाली गर्दै अधिकारीले सचिवालयका कर्मचारीलाई त्यस्तो निर्देशन दिएका हुन् ।

संघीयता कार्यान्वयन शुरु भएको छ यसलाई सफल बनाउन छिटोभन्दा छिटो काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले भने, “हामी हाम्रो स्थानबाट जुट्छौँ तपाईहरु तपाईको स्थानबाट जुट्नुहोस् । अब देश बनाउने जिम्मा हाम्रो काँधमा आएको छ ।’’

संघीयतालाई हेर्ने अझै धेरै भ्रम रहेको बताउँदै अधिकारीले ती भ्रम निवारण गर्न आवश्यक कानून छिटो छरितोरुपमा तर्जुमा हुनुपर्ने खाँचो औंल्याएका थिए ।

सभामुखको शपथ लिएर शहीदस्मृति पार्कमा शहीहदप्रति माल्यार्पण गरेपछि उहाँ सिधै नदीपुरस्थित प्रदेश भवन पुगेका थिए । सभामुखको कार्यकक्षमा पदभार ग्रहण गर्दै उनले प्रदेशसभा सञ्चालन गर्ने नियमावली बनाउने निर्णयमा हस्ताक्षर गरे ।

प्रदेश भवनमा पुग्दा सभामुख अधिकारीलाई प्रदेश सचिवालयका सचिव जीवराज बुढाथोकीलगायतले स्वागत गरेका थिए । (रासस)
–––

वि.सं.२०७४ फागुन ४ शुक्रवार १३:३५ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...