back
CTIZAN AD

आन्दोलनको क्रियाशीलतासँगै मन्त्रीसम्म, यस्तो छ बस्नेतको जीवनी

वि.सं.२०७४ फागुन ४ शुक्रवार

663 

shares

वासुदेव पौडेल/हरि बास्तोला
४ फागुन, पोखरा । नेपालको कम्युनिष्ट आन्दोलनमा निरन्तर क्रियाशील नेकपा (एमाले)का नेता एवं प्रदेश नं ४ मा प्रदेशसभा सदस्य रामशरण बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्ति भएका छन् ।

प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको पहिलो मन्त्रीका रुपमा उनलाई आज नियुक्ति गरेका हुन् । उनले आजै प्रदेश प्रमुख बाबुराम कुँवरसँग पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।

पिता लीलाबहादुर बस्नेत र माता सिद्धकुमारी बस्नेतका पहिलो सन्तानका रुपमा गोरखाको तत्कालीन नारेश्वर गाविसमा २०१८ मंसिर १८ गते बस्नेतको जन्म भएको थियो । श्रीमती, एक छोरा र एक छोरीका अभिभावक बस्नेत हालै सम्पन्न प्रदेशसभाको निर्वाचनबाट गोरखा प्रदेश(ख)बाट निर्वाचित बनेसँगै उनलाई मन्त्री बन्ने बाटो खुलेको थियो ।

विसं २०३२ मा विद्यालय तहमा ८ कक्षामा अध्ययरत रहँदा नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसनको सदस्य बनेका बस्नेत २०३८/३९ मा अनेरास्ववियु पाँचौँको सदस्य बनेका थिए ।
पञ्चायतकालीन समयमा विसं २०४१ मा बस्नेत तत्कालीन नेकपाको मानन्धर समूहमा आबद्ध नेपाल होटल स्वतन्त्र मजदुर युनियनको सदस्य बने ।

अनेरास्ववियुका राष्ट्रिय परिषद् सदस्यका साथै विसं २०४४ मा काठमाडौँको पिपुल्स क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सहसचिवको जिम्मेवारी उनले निर्वाह गरेका थिए ।

त्यस्तै राजनीतिक यात्राका क्रममा विसं २०४९ र २०५४ गरी दुई पटकसम्म नारेश्वर गाविसमा अध्यक्ष पदमा विजयी उनी विसं २०५६ को संसदीय निर्वाचन र विसं २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा पराजित बनेका थिए ।

हालै सम्पन्न प्रदेशसभाको निर्वाचनमा गोरखा क्षेत्र नं १ प्रदेशसभा (ख) बाट विजयी हुँदै उनी प्रदेशको मन्त्री बनेका हुन् । गोरखामा विसं २०५१ यता निरन्तररुपमा नेकपा (एमाले)को संगठनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका बस्नेत जिल्ला कमिटीको सदस्य, उपसचिव र सल्लाहकार कमिटीको अध्यक्षजस्ता जिम्मेवारी सम्हालीसकेका छन् ।

उहाँले विसं २०६६ र २०६९ गरी दुईपटक नेकपा एमाले गोरखाको अध्यक्ष भई पार्टीको नेतृत्व गरे। जनताका हक तथा अधिकारलाई सुनिश्चित गराउँदै समृद्ध समाजको निर्माण नै आफ्नो प्रमुख रुचिको विषय भएको बताउने मन्त्री बस्नेतले भारत, चीन, सिंगापुर, मलेसिया, थाइल्याण्डलगायतका राष्ट्रको भ्रमण गरेका छन् ।

आजैको प्रदेशको पहिलो मन्त्रिपरिषद् बैठकले उनीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ । (रासस)

वि.सं.२०७४ फागुन ४ शुक्रवार १३:२५ मा प्रकाशित

सर्वोच्चमा मुद्दा विचाराधीनः धनुषा-१ को मत परिणाम घोषणा नगर्न निर्वाचन आयोगको निर्देशन

सर्वोच्चमा मुद्दा विचाराधीनः धनुषा-१ को मत परिणाम घोषणा नगर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनुषा जिल्ला निर्वाचन क्षेत्र...

“तपाईँलाई सधैँ माया छ”: साम्पाङको जितमा बालेनको बालेनको समर्थन र माया

“तपाईँलाई सधैँ माया छ”: साम्पाङको जितमा बालेनको बालेनको समर्थन र माया

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी क्षेत्र...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...

कैलाली-२ मा रास्वपाका खनाल विजयी

कैलाली-२ मा रास्वपाका खनाल विजयी

घोडाघोडी (कैलाली) । कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र...

अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना

अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको...

पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित

पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित

वीरगञ्ज (पर्सा) । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्साका चार वटै निर्वाचन...