back
CTIZAN AD

नयाँ वैदेशिक रोजगारदाता संस्था दर्तामा रोक लगाउन माग

वि.सं.२०७४ फागुन ४ शुक्रवार

729 

shares

 

४ फागुन, काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नयाँ वैदेशिक रोजगारदाता संस्था दर्ता गर्ने कार्य तत्काल रोक्न माग गरेको छ ।

संघका अध्यक्ष रोहन गुरुङले आज जारी गरेको विज्ञप्तिमा मुलुकको आवश्यकताभन्दा बढी मात्रामा त्यस्ता कम्पनी दर्ता गरिएकाले नयाँ दर्तामा रोक लगाउन माग गरिएको छ । विज्ञप्तिमा एक अर्बभन्दा बढी जनसंख्या भएको नेपालका छिमेकी मुलुकमा एक हजार मात्रै रोजगारदाता संस्था भएको तर नेपालमा करिब एक हजार ५०० दर्ता भएको र थप दर्ता गर्न खोजिएको उल्लेख छ ।

विज्ञप्तिमा कागजात पूरा नभएका व्यक्तिलाई आर्थिक प्रलोभनमा परी वैदेशिक रोजगार विभागले नयाँ दर्ताका लागि अनुमतिपत्र दिएको जिकिर गरिएको छ । नयाँ संस्था दर्ताका लागि रु १० लाखसम्म घुस लिएको अभियोगमा केही समयअघि वैदेशिक रोजगार विभागका अधिकृत थलामै पक्राउ परेको घटनाले आफूहरुको आरोपलाई पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०७४ फागुन ४ शुक्रवार १३:१५ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...