Logo
२५ श्रावण २०७९, बुधबार
     Wed Aug 10 2022
E-paper
  English Edition
   Unicode
Logo

प्रवासी नेपाली अब दल भन्दा माथि उठ्न आवश्यक



आजको अवस्थामा नेपालमा राजनैतिक आन्दोलन समापन भइ सकेको र अब हामी सामाजिक तथा आर्थिक परिवर्तनको लागि अघि बढ्नु पर्ने आवस्यकता छ । त्यसैगरि भारत प्रवासको सन्दर्भमा पनि आम प्रवासी नेपालीहरूका रोजगारी,शिक्षा,स्वास्थ्यका बारेमा प्रवासीहरुका अन्तरास्ट्रिय अभिसन्धी तथा दुई देश बिचका विद्दमान सन्धि सम्झौताका आधारमा पाउन पर्ने हक अधिकारका बिषयमा जनचेतनामूलक कार्यक्रमहरु लिएर अहिलेका युवापिडी बिच जान आवस्यक छ । हिजो सम्म हामीले तत्कालीन आन्दोलनको आवश्यकता अनुसार नेपालका विभिन्न राजनैतिक दलहरुका भातृ संगठनहरु भारत प्रवास तथा समग्र प्रवासमा खोलिएका थिए र छन । अब हामी भारतमा रहेका विभिन्न नेपाली संघसंस्थाहरुले नेपालीहरुका विविध समस्याहरुको बारेमा कसरी समाधान गर्ने भन्ने तर्फ ध्यान केन्द्रीत गर्न जरुरी छ ।

भारतमा नेपालीहरूको समस्याहरुको सुचिकृत गर्नु पर्दा धेरै लामो सुची बन्न सक्छ,तर औलाएर भन्नू पर्दा आवगमनको बेला बोर्डरमा लुटिने ठगिने,बैंकिङ सुबिधा सर्वसुलभ नहुनु, सन १९५० को सन्धिले दिएका प्रावधान अनुरुप नेपाली नागरिकताबाट सामान्य सिमकार्ड समेत नपाइने अबस्था,थुप्रै नेपालीहरूको पेन्सनमा झन्झट,नेपालीका बालबच्चा भारतमा जन्मिएता पनि उनीहरूको उच्च शिक्षाको लागि चाहिने कागजात संबंधित राज्यको राज्य सरकारले दिने भएको हुदा सो प्राप्त गर्न गार्हो छ । यस्ता विविध समस्याका लागि पनि प्रवासी नेपाली संघ,भारत लगायत सबै संघसंगठन लाग्नु पर्छ । स्वदेश छोडेर अर्काको देशमा रोजीरोटीको खोजीमा आएका हौ र स्थानीय नियम कानूनको जानकारी लिदै प्रवासी नेपालीहरुका दैनिकी संग जोडिएर अघि बढ्नु अबको आवश्यकता हो । यसको लागि नेपाल सरकारको चासो अनि साथ र सहकार्यको पनि उत्तिकै जरुरी छ ।

(लेखक नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रवासी समन्वय कमिटी भारतका प्रमुख हुन् )


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्