back
CTIZAN AD

खडेरी प्रभावित क्षेत्रका लागि २५ हजार क्विन्टल खाद्य माग

वि.सं.२०७४ फागुन ७ सोमवार

606 

shares

bajura food crisis

 

७ फागुन, बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगका खडेरी प्रभावित क्षेत्रका लागि खाद्यान्न माग गरिएको जिल्ला दैवी प्रकोप उद्धर समिति बाजुराले जनाएको छ ।

लामो समयदेखि खडेरी प्रभावित हुँदै आएका स्वामीकार्तिक गाउँपालिकाको वाई, साप्पाटालगायतका क्षेत्रका लागि जिल्ला दैवी प्रकोप समितिको बैठकले २५ हजार क्विन्टल खाद्यान्न माग गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए ।

उनले खडेरीले बढी प्रभावित बनेका हिमाली, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिका र बूढीनन्दा नगरपालिकाका वासिन्दाले खाद्यान्न माग गरेको प्रजिअ क्षेत्रीले जानकारी दिए ।
प्रजिअ क्षेत्रीले दिएको जानकारीअनुसार चार स्थानीय तहमा सिँचाइ नहुने, हिउँदे बाली नउम्रने र पानीका मूल सुकेर गएका कारण वर्षेनी ५० देखि ६० प्रतिशत उत्पादन घट्दै गएकाले चरम खाद्यान्न अभाव हुनाका साथै भोकमरी हुने सम्भावना देखिएकाले खाद्यान्नको माग गरिएको उनको भनाइ रहेको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकबाट आपूर्ति मन्त्रालयमा पत्र पठाइसकेको जिल्ला दैवी प्रकोप समितिले जनाएको छ । खडेरी प्रभावित क्षेत्रका लागि कबाडी खाद्य डिपो, कोल्टी खाद्य संस्था र मार्तडी खाद्य संंस्थानमार्फत खाद्य ढुवानीका लागि आवश्यक व्यवस्था गर्न निर्णय गरिएको प्रजिअ क्षेत्रीले बताए ।

वि.सं.२०७४ फागुन ७ सोमवार ०६:२७ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...