back
CTIZAN AD

गाउँपालिकाले लगायो जडीबुटी संकलनमा प्रतिबन्ध

वि.सं.२०७४ फागुन ९ बुधवार

801 

shares

९ फागुन, बाजुरा । बाजुराको गौमुल गाउँपालिकाले जडीबुटी संकलनमा प्रतिबन्ध लगाउने भएको छ ।

गाउँपालिकाको दोस्रो गाउँसभाबाट प्रतिबन्ध गर्ने निर्णय गरेको गौमुल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर थापाले बताए । उनले गाउँपालिकामा हुने विभिन्न खालका जडीबुटी अवैधरुपमा संकलन भएपछि दोस्रो गाउँसभाबाट तीन वर्षसम्मका लागि जडीबुटी संकलनमा रोक लगाइने थापाले बताए ।

पहिलो गाउँसभाबाट गरिएका विनियोजित बजेट तथा योजना कार्यान्वयन गर्नेसमेत पारित गरिएको अधिकृत थापाले बताउनुभयो । गाउँपालिकाले गाउँ कार्यपालिकाले पास गरेका निर्णय अनुमोदन गरेको छ ।

सभाले चालू आर्थिक वर्ष २०७४÷७५ र आगामी आव २०७५÷७६ को बजेट पारित गरेको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।

उनले सम्मेलनमा गाउँ कार्यपालिकाले पास गरेका विभिन्न ऐन, नियमावली कार्यविधि अनुमोदन, गाउँपालिकामा वित्तीय सेवाको नाममा सेवा दिइरहेका वित्तीय संस्था र बैंकलाई प्रतिबन्ध गर्ने, मदिरा व्यवसायलाई व्यवस्थित पार्ने, घुम्ती व्यापारीलाई प्रतिबन्ध लगाउने, न्यायिक समिति गठन गर्ने, सरकारी बाँझो जग्गा गाउँपालिकाले उपयोग गर्नेलगायतका १४ वटा निर्णय सर्वसहमतिका आधारमा पारित गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष सीता थापाले गाउँपालिलाई आत्मनिर्भर र समृद्धि बनाउका लागि सबैको सहयोग आवश्यक हुने बताईन् ।

यसैगरी दोस्रो गाउँसभाबाट शिक्षा ऐन, प्रमाणीकरण कार्यविधि नियमावली, एफएम रेडियो सञ्चालन कार्यविधि कानून, बजार अनुगमन निर्देशिका, कृषि व्यवसाय प्रवद्र्धन ऐन, युवा स्वरोजगार तथा साना व्यवसायी धुम्ती कोष निर्देशिका, आर्थिक कार्यविधि व्यवस्थित गर्न बनेको कानून, छात्रवृत्ति वितरण तथा परिचालन निर्देशिका, सहकारी ऐन स्थानीय न्यायिक समितिको कार्यसम्पादन नियमावली, स्थानीय सेवा करार ऐन, २०७४ गरी ११ वटा ऐन पारित गरिएको गाउँपालिका अध्यक्ष रोकायाले जानकारी दिए ।

रोकायाका अनुसार गाउँपालिका उपाध्यक्ष सीता थापाको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गरिएको छ । समितिमा बलबहादुर रोकाया र कलकबहादुर सिंह सदस्य रहेको अध्यक्षको भनाइ रहेको छ ।

वि.सं.२०७४ फागुन ९ बुधवार ०५:५२ मा प्रकाशित

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

पाल्पा । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय सरकारको जनप्रतिनिधिविहीन दोस्रो...

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर...

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

कर्णाली । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम...

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...