back
CTIZAN AD

रोनाल्डो बिना नै मैदान उत्रेको रियल म्याड्रिडको शानदार जित

वि.सं.२०७४ फागुन १० बिहीवार

672 

shares

१० फागुन, काठमाडौँ । स्पेनिश लालिगामा रियल म्याड्रिडले शानदार जित हात पारेको छ । हिजो राति सम्पन्न खेलमा लेगानेशलाई ३ १ गोल अन्तरले हराउदै रियलले लालिगामा अर्को जित निकालेको हो । खेलको छैठौ मिनेटमा लेगानेशले गोल गर्दै अग्रता लिए पनि रियलले उत्कृष्ट कमब्याक गर्दै जित हात पारेको हो । रियलको जितमा लुकास भाज्क्वेज, क्यासिमेरो तथा सर्जियो रामोशले एक एक गोल गरे ।
हिजोको खेलमा रियलका मुख्य खेलाडीहरु रोनाल्डो, बेल, मोड्रिच, क्रुसलाई आराम दिईएको थियो ।
जित सँगै रियलको २४ खेलबाट ४८ अंक सहित तेस्रो स्थानमा उक्लेको छ । लिगमा वार्सिलोना ६२ अंक सहित शीर्ष स्थानमा रहदा, दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ५५ अंक रहेको छ ।

वि.सं.२०७४ फागुन १० बिहीवार ०१:३८ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...