back
CTIZAN AD

म्याग्दीको ऐतिहासिक गुर्जालाई स्वायत्त तथा संरक्षित क्षेत्र माग

वि.सं.२०७४ फागुन १३ आइतवार

660 

shares

१३ फागुन, म्याग्दी । धौलागिरि गाउँपालिका–१ गुर्जालाई स्वायत्त तथा संरक्षित क्षेत्र घोषणा गर्न माग गरिएको छ ।

वडा समितिको आजको बैठकले जिल्ला र गाउँपालिकाकै सबैभन्दा दुर्गम, अल्पसंख्यक छन्त्याल जातिको सघन बसोवास वतथा प्राकृतिक स्रोत एवं साधनले भरिपूर्ण गुर्जालाई संविधानमा व्यवस्था भएबमोजिम स्वायत्त क्षेत्र घोषणा गर्न माग गर्ने निर्णय गरेको वडाध्यक्ष झकबहादुर छन्त्याल बताए ।
छन्त्यालको अध्यक्षतामा बसेको बैठकले आवश्यक मापदण्ड पूरा हुने भएकाले गुर्जालाई स्वायत्त तथा संरक्षित क्षेत्र घोषणाका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन गाउँपालिका, जिल्ला समन्वय समिति, प्रदेशसभा, प्रदेश सरकार, प्रतिनिधिसभा हुँदै संघीय सरकारलाई अनुरोध गरेको छ ।

‘‘उच्च हिमाली काखमा रहेको गुर्जामा अल्पसंख्यक छन्त्याल जातिको बसोबास रहेको छ, छुट्टै वेशभूषा, भाषा, संस्कृति र परम्परा रहेको सो क्षेत्रलाई स्वायत्त तथा संरक्षित क्षेत्रका लागि आवश्यक मापदण्ड पुगेकाले सम्बन्धित निकायमा माग गरेका हौँ,’’, वडाध्यक्ष छन्त्यालले भने ।

जिल्ला सदरमुकाम बेनीदेखि २६ कोश टाढाको गुर्जा गाउँपालिकाको केन्द्र मुनाको घट्टेखोलादेखि एक दिनको पैदलदूरीमा अवस्थित छ । वरिपरि हिमाल, घनाजंगल र अग्ला पहाडका बीचमा अवस्थित गुर्जामा भौगोलिक विकटताका कारण राज्यको सेवा सुविधा र पहुँच सहज तवरले अझै पुग्न सकेको छैन ।

प्राकृतिक स्रोत र साधनले परिपूर्ण गुर्जामा धौलागिरि हिमशृंखलाअन्तर्गत पर्ने गुर्जामा गुर्जा पश्चिम, चुरेन र पुथा हिमाल तथा मुलुककै एक मात्र आरक्ष ढोरपाटन शिकार आरक्षसमेत समेटिएको छ । म्याग्दीको ‘एक गाउँ एक वडा’ का रुपमा चिनिएको गुर्जा बागलुङ, रुकुम र डोल्पासँग सिमाना जोडिएको छ ।

वि.सं.२०७४ फागुन १३ आइतवार ०८:४१ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...