back
CTIZAN AD

समृद्धिको पहलमा क्रियाशील बन्दै अन्नपुर्ण गाउँपालिका

वि.सं.२०७४ फागुन १३ आइतवार

1.1K 

shares

annapurna१३ फागुन, पोखरा । स्थानीय तह र जनप्रतिनिधिले यतिखेर चुनावी अभियानमा व्यक्त गरिएका प्रतिबद्धता पूरा गर्न विकासका कार्यक्रमसहित आफूलाई क्रियाशील बनाएका छन् ।

अत्यन्त सीमित साधनस्रोत भए पनि निर्वाचित भएको १० महिना पुग्दै गर्दा गाउँ र समाजका न्यूनतम आवश्यकता परिपूर्ति गराउन यतिखेर जनप्रतिनिधिलाई भ्याइनभ्याइ भएको छ । संविधानमा स्थानीय तहका लागि विभिन्न अधिकारको व्यवस्था गरिए पनि त्यसको उपयोग सम्बन्धमा आवश्यक कानून बनिनसकेका कारण समस्या भइरहेको कास्कीस्थित अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले बताए ।

प्रकृतिका मनोरम दृश्यले सजिएको अन्नपूर्ण गाउँपालिकालाई समृद्धिको मार्गमा अघि बढाउन विभिन्न कार्यक्रमका साथ अघि बढिएको उनले बताए ।“गाउँपालिकाको विकासका लागि प्राथमिकताका आधारमा पर्यटन, कृषि, बाटोघाटो, खानेपानी, शिक्षा, स्वास्थ्यलगायत विषयमा केन्द्रित बन्दै गाउँपालिका अघि बढेको छ,” उनले भने ।

सो क्षेत्रको पर्यटनको विकासका लागि चालु आवमा गाउँपालिकाले रु ३० लाख विनियोजन गरेको छ । विश्वकै उत्कृष्ट पदमार्गअन्तर्गतको अन्नपूर्ण सेरोफेरो यही गाउँपालिकामा पछृ । सो क्षेत्रमा नयाँ पदमार्गको खोजीका साथै भएका पदमार्गको विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेको उनले भने ।

यहाँस्थित नयाँ पुलदेखि वीरेठाँटी– तीखेढुंगा– घोरेपानी– मुक्तिमार्ग यहाँको महत्वपूर्ण पदमार्ग हो । त्यस्तै नयाँ पुल– वीरेठाँटी, घान्द्रुक, नयाँ पुल – वीरेठाँटी, तिखेढुंगा– उल्लेरी– घोरेपानी, नयाँपुलदेखि घान्द्रुक– छोम्रोङ हुँदै अन्नपूर्ण आधार शिविरसम्मको पदमार्ग, घान्द्रुक– घोरेपानी– सिवै– झिनु –छोम्रोङ– लान्द्रुक– झिनु– छोम्रोङ– टाढापानी, घुर्जुङदेखि आधार शिविर, लुम्ले– पोथना– ठूलाखर्क हुँदै मर्दी हिमालसम्मको पदमार्गमा वर्षेनी ठूलो संख्यामा स्वदेशी एवं विदेशी पर्यटक पुग्ने गरेका छन् । यहाँका घान्द्रुक, छोम्रोङ, झिनु, लान्द्रुक, बिरेठाँटी, नयाँपुल, ताञ्चोक, लुम्ले, ठूलाखर्क, पोथनाजस्ता गाउँले पर्यटकलाई लोभ्याउने गरेका छन् ।

गाउँपालिकामा पर्ने अन्नपूर्ण पहिलो, अन्नपूर्ण दक्षिण, हिउँचुली, बराहचुली, सिन्गुचुलीजस्ता हिमाल यहाँका पर्यटकीय आकर्षण हुन् । अध्यक्ष कुँवरका अनुसार गाउँपालिकाले यस क्षेत्रको कृषिको विकासका लागि रु ५० लाख विनियोजन गरेको छ । कृषिको सम्भावनालाई पहिल्याउने सोचका साथ गाउँपालिकाका ११ वटै वडामा माटो परीक्षण गरिएको उहाँले बताउनुभयो । माटो परीक्षणबाट कुन ठाउँमा के हुन्छ भन्ने यकिन गरी कृषिको व्यावसायिक विकास गरिने बताइएको छ ।

अन्नपूर्ण गाउँपालिका राम्रो टुसा उत्पादन हुने ठाउँ हो । यहाँका जंगलमा पाँचऔंँले, सतुवा, वन लसुनजस्ता जडीबुटीका साथै दुर्लभ डाँफे, मुनाल, घोरलजस्ता जीवजन्तु पनि पाइन्छ । पर्यावरणीय संरक्षणका लागि गाउँपालिकाले एउटा रुख काट्दा पाँच बिरुवा रोप्नुपर्ने व्यवस्था गरेको छ ।

बाटोघाटोको विकासका लागि सिँढीबाटो मोटरबाटो निर्माणका लागि रु दुई करोड विनियोजन गरी काम अघि बढाइएको कुँवरले जानकारी दिनुभयो । पोखरादेखि नाउडाँडा, सल्यान, लुम्ले, ताञ्चोक, लान्दु्रक, लुम्ले, चन्द्रकोट, भिच्चुक, लान्द्रुक, नयाँपुल – वीरेठाँटी, घान्दु्रक र नयाँ पुल, वीरेठाँटी, तीखेढुंगा, उल्लेरी यहाँका महत्वपूर्ण सडक हुन् ।

गाउँपालिकाको समग्र विकास गर्न चालु आवमा विनियोजित रु २७ करोडलाई यहाँका आवश्यकतानुसार प्राथमिकता निर्धारण गरी विभिन्न शीर्षकमा छुट्याइएको गाउँपालिकाका उपाध्यक्ष सगुन गुरुङले बताए ।

स्थानीय तह सञ्चालनमा आए पनि आवश्यक कानून बन्न नसक्दा व्यावहारिक रुपमा भने कठिनाइ भएको उनको भनाइ छ । “प्रत्येक स्थानीय तहको विकासका लागि सर्वप्रथम त कानून निर्माण गरिनुपर्छ,” गाउँपालिका न्यायिक समितिका संयोजक गुरुङले भन्नुभयो, “न्यायिक समस्याको समाधानका साथै कानूनको प्रभावकारी कार्यान्वयन गराउन सबै स्थानीय तहमा न्यूनतम एक कानूनविज्ञको व्यवस्था गरिनु आवश्यक छ ।”

वि.सं.२०७४ फागुन १३ आइतवार ०९:१२ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

चितवन । जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई...

अनुचित लेनदेनका तेह्र उजुरी

अनुचित लेनदेनका तेह्र उजुरी

चितवन । मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित भएको गुनासो गर्दै यहाँका...