back
CTIZAN AD

फागुको सांगीतिक कार्यक्रममा झडप

वि.सं.२०७४ फागुन १७ बिहीवार

813 

shares

 

१७ फागुन, त्रिशूली, नुवाकोट । फागु पूर्णिमाका अवसरमा स्थानीय बट्टारमा आयोजित सांगीतिक कार्यक्रममा तोडफोड गर्ने चार जना पक्राउ परेका छन् ।
आज साँझ विदुर नगरपालिका वडा नं ४ बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा प्रहरीलाई हातपात र गाडी तोडफोड गर्नेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सांगीतिक कार्यक्रम भइरहेका समयमा मदिरा सेवन गरी होहल्ला गर्दा विवाद उत्पन्न गराउने विदुर –६ इनारपाटीका २५ वर्षीय किशोर केसी, २० वर्षीय श्रीकृष्ण कुमाल, १९ वर्षीय सरोज कुमाल र १७ वर्षीय निरज कुमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुंँवरले जानकारी दिए । उनीहरुलाई प्रहरीलाई हातपात गर्नाका साथै प्रहरीको बा २ झ २१९ नंको स्कोर्पियो गाडीको सिसा तोडफोड गरेको आरोप लगाइएको छ । (रासस)

वि.सं.२०७४ फागुन १७ बिहीवार १४:२० मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

चितवन । जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई...

अनुचित लेनदेनका तेह्र उजुरी

अनुचित लेनदेनका तेह्र उजुरी

चितवन । मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित भएको गुनासो गर्दै यहाँका...